मोरङमा राति १० बजेपछि देउसी भैलोमा रोक « Khabarhub

मोरङमा राति १० बजेपछि देउसी भैलोमा रोक


९ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- जिल्ला प्रशासन कार्यालय मोरङले देउसी, भैलो जस्ता मनोरञ्जनात्मक क्रियाकलाप राति १० बजेसम्म मात्र सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको छ ।

स्थानीय सुरक्षा समितिको शनिबार बसेको बैठकले चाडपर्वको बेलामा जुवातास खेल्ने तथा मदिरा सेवन गरी शान्तिसुरक्षामा खलल पुर्‍याउने जो कोहीलाई कानूनको दायरामा ल्याउने, तिहार मनाउने क्रममा पटाका र आतिसबाजी जस्ता कार्यले स्वास्थ्य र सुरक्षामा असर पर्न जाने, चोटपटक लाग्ने र आगलागी भई धनजनको क्षति हुन सक्ने भएकाले त्यस्ता पदार्थको उत्पादन, आयात, निर्यात, खरीद, बिक्री वितरण, ओसापसारलगायतमा पूर्ण रोक लगाउन सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

चाडपर्वमा हुन सक्ने महँगी, कालोबजारी, अखाद्य पदार्थ, म्याद सकिएका पदार्थको भण्डारण, बिक्री वितरणलाई प्रभावकारी रुपमा अनुगमन, नियमन र नियन्त्रण गर्ने कार्यलाई सम्बन्धित स्थानीय निकायलाई निर्देशन दिने निर्णय बैठकमा भएको छ ।

भारतबाट आयात गरिने पटाका तथा प्रज्वलनशील पदार्थमा रोक लगाउन प्रहरीले सीमावर्ती क्षेत्रमा निगरानी बढाउनाका साथै बजारमा अनुगमन कार्य तीव्र पारिएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७६, शनिबार  ७ : ४५ बजे

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर

पर्यटक र तीर्थयात्रीको सहजताका लागि शिवधारा क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिकाअन्तर्गत मकालु आधार शिविर तथा धार्मिकस्थल

अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत

सान फ्रान्सिस्को – भिडियो सेयरिङ प्लेटफर्म टिकटकले सङ्घीय बालबालिकाको गोपनीयतासम्बन्धी