मुलुक विकास र समृद्धिको नयाँ युगतर्फ : अध्यक्ष प्रचण्ड « Khabarhub

मुलुक विकास र समृद्धिको नयाँ युगतर्फ : अध्यक्ष प्रचण्ड


९ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल विकास र समृद्धिको नयाँ युगतर्फ जाने प्रक्रियामा रहेको बताएका छन् ।

चन्द्रागिरि नगरपालिका वडा नं १५ तीनथानामा शनिबार आयोजित ‘वडाध्यक्ष शैक्षिक विकास कोषको दोस्रो वार्षिकोत्सव सम्मान तथा पुरस्कार वितरण’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्राथमिकता निर्धारण गरेर मुलुकको समृद्धिको यात्रा तय गरिएको बताए ।

शिक्षा क्षेत्र विकसित मुलुकको प्राथमिकतामा रहेको उदाहरण पेश गर्दै उनले अबको लगानी शिक्षा क्षेत्रमा गरिनुपर्नेमा जोड दिए । “अबको लगानी शिक्षामा हुनपर्छ, शिक्षा नीति निर्माण गर्दा ध्यान दिनुपर्छ”, अध्यक्ष दाहालले भने, “अहिले हाम्रो पार्टी र सरकारले शिक्षामा लगानी वृद्धिका साथै शिक्षा नीतिमा आमूल सुधार गर्ने तयारी गरेको छ ।”

निर्वाचनका क्रममा चुनावी घोषणापत्रमा भनिए जसरी नै शिक्षामा लगानी अभिवृद्धि गर्न नसकेको उनले बताए । “शिक्षामा जति लगानी गर्नुपर्ने हो त्यो अझै पुगेको छैन”, पूर्वप्रधानमन्त्री दाहालले भने, “नीतिगत सुधार जति गर्नुपर्ने हो त्यति भएको छैन, अझै नीतिगत सुधारको आवश्यकता छ ।” शिक्षा क्षेत्रको सुधारबाट नै नयाँ युगको शुरुआत हुने बताउँदै उनले शिक्षामा जागरण नल्याई समृद्धि सम्भव नहुने प्रष्ट पारे ।

जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिलाई नियोजित ढङ्गबाट प्रहार गर्न नेतृत्वविरुद्ध षड्यन्त्र भइरहेको उल्लेख गर्दै उनले त्यस्ता षड्यन्त्रलाई जनताको शक्तिले पररास्त गर्ने बताए ।

कार्यक्रममा नेकपाका नेता कृष्णगोपाल श्रेष्ठले दुई पार्टीबीचको एकता प्रक्रियाबाट संसारभरका कम्युनिष्ट पार्टीले पाठ सिक्नुपर्ने बताए । “नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासबाट संसारभरका कम्युनिष्टले सिक्नुपर्छ”, उनले भने, “जनयुद्धबाट उदाएको तत्कालीन नेकपा (माओवादी केन्द्र) र शान्तिपूर्ण राजनीतिमा रहेको तत्कालीन नेकपा (एमाले) बीचको एकता ऐतिहासिक रहेको छ ।”

देश र जनताको समृद्धिका लागि दुई पार्टी एक भएको उल्लेख गर्दै उनले ढिलै भए पनि एकताका क्रममा बाँकी रहेको विषय छिट्टै टुङ्गो लाग्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ९ कार्तिक २०७६, शनिबार  १० : ०२ बजे

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।

बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो

चितवन– पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै

उत्कृष्ट अस्पतालअघिको ‘बिरामी’ सडक (तस्बिरहरू)

चितवन- चितवनको भरतपुरलाई नेपालको मेडिकल हबका रूपमा चिनिन्छ। यहाँको भरतपुर अस्पताल

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु

बाजुरामा पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो

बाजुरा- गौमुल गाउँपालिका–३ कटीगाउँमा पहिरोले दुई घर पूर्ण रूपमा क्षति पुर्‍याएपछि