पाकिस्तानी पूर्वप्रधानमन्त्री सरीफलाई हृदयाघात « Khabarhub

पाकिस्तानी पूर्वप्रधानमन्त्री सरीफलाई हृदयाघात


९ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानको लाहुरस्थित सर्भिसेस हस्पिटलमा उपचाररत पूर्वप्रधानमन्त्री नवाज सरिफलाई उपचार कै क्रममा हृदयघात भएको छ ।

पाकिस्तानी वरिष्ठ पत्रकार हमिद मिरले शनिबार अस्पतालका चिकित्सकलाई उद्धृत गरी ट्वीटमार्फत जानकारी गराएका हुन् ।

उनले भनेका छन् “पूर्वप्रधानमन्त्री सरिफलाई हृदयाघात भएको छ तर चिकित्सकको उपचारपछि उहाँ यसबाट बाँच्न सफल हुनुभएको छ । यद्यपि अहिले उहाँले निकै कमजोर महशुस गर्नुभएको छ ।”

पाकिस्तानी समाचार संस्था जिओ न्यूजका अनुसार पूर्वप्रधानमन्त्री सरिफको स्वास्थ्य अस्पताल पुर्‍याइँदा नै निकै विग्रिएको थियो । उनको रगतमा प्लेटलेटको सङ्ख्या निकै कम भएको अवस्थामा यसै हप्ता अस्पताल पुर्‍याइएको थियो ।

स्थानीय सञ्चारमाध्यमबाट सम्प्रेषित समाचारमा उनलाई नयाँ रगतमार्फत प्लेटलेट दिएपछि उनको प्लेटलेट सङ्ख्या सामान्य अवस्थामा फर्किएको बताइको थियो । तर शनिबार फेरि प्लेटलेटको सङ्ख्या कमी देखिएको थियो । उनलाई शनिबार पनि प्लेटलेट दिइ उपचार भइरहेको छ ।

विभिन्न भ्रष्टाचार अभियोगमा जेल पूर्वप्रधानमन्त्री सरिफको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै लाहोर उच्च अदालतले उपचारका लागि उनलाई जमानतमा रिहा गर्न आदेश दिएको थियो । जमानतमा रिहा हुनका लागि पाकिस्तानी पूर्वप्रधानमन्त्रीले एक करोड पाकिस्तानी रूपैयाँ बराबरको जमानतपत्र बुझाउनुपर्नेछ ।

रगतसम्बन्धी समस्या (थ्रोम्वोसाइटोपेनिया) को निदानका लागि जेलमा रहेका सरिफलाई अस्पताल भर्ना गरिएको थियो र यसपहिले बिहीबार दिइएको जानकारीमा स्थितिमा सुधार आएको जनाइएको थियो ।

प्रकाशित मिति : ९ कार्तिक २०७६, शनिबार  ८ : २६ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन