यौन सम्बन्ध राख्नु अघि थाहा पाउनुपर्ने ६ यथार्थ « Khabarhub

यौन सम्बन्ध राख्नु अघि थाहा पाउनुपर्ने ६ यथार्थ


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

धेरै महिला तथा पुरुषहरु यौन सम्बन्धलाई सामान्य रुपमा लिन्छन् । यौन सम्पर्क र त्यसबाट हुनसक्ने रोगको जोखिमबारे वास्ता गर्दैनन् ।

आफुले चिनीरहेको, आफ्नो नजिक रहेको सबै बानीहरुमा जानकार रहेको भन्दै उनीहरु यौन सम्बन्धको विषयमा धेरै कुरा सोच्दैनन् ।

एकअर्काप्रतिको आकर्षण र विश्वासलाई मात्र आधार बनाएर युवायुवतीहरु यौन सम्बन्ध बनाउँछन् । जसको कारण उनीहरु यौनजन्य रोगको सिकार बन्न पुग्छन् ।

आज हामी तपाईलाई यौन रोगबारे विस्वास नै गर्न नसकीने तर सत्य कुरा जानकारी गराउँदै छौं ।

यौन सम्बन्ध राख्नु अघि थाहा पाउनुपर्ने ६ यथार्थ

–पहिलो यौन सम्पर्कबाट पनि यौन रोग सर्न सक्छ,

–आफ्नैले चिनीरहेको साथीसँगको यौन सम्पर्कबाट पनि यौन रोग सर्न सक्छ,

–कसैको अनुहार हेरेर यौन रोग रहे नरहेको अनुमान गर्न सकिदैन,

–एकजना व्यक्तिलाई एक पटकको यौन सम्पर्कमा पनि धेरै किसिमको यौन रोग लाग्ने सम्भावना रहन्छ,

–एकै व्यक्तिलाई धेरै पटक यौन रोग लाग्न सक्छ,

–यौनाङ्ग र मुखको सम्पर्क भएमा यौन रोगको जोखिम उच्च हुन्छ ।

यौन सम्पर्कको माध्यमबाट एकअर्कामा यौनरोगहरु सर्न सक्ने भएकाले युवा युवातीहरुले यौन सम्बन्ध राख्नु अघि यी विषयमा सचेत हुनुपर्छ ।

आफुमा वा आफ्नो पार्टनरमा यौन रोग छ वा छैन भनेर चिकित्सकको सल्लाहर परामर्श लिएर परीक्षण गर्दा यौन रोगको उपचार हुन्छ । यस्तै एकआर्कामा यौन रोग सर्ने जोखिम पनि रहदैन ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  ८ : ०८ बजे

उत्कृष्ट अस्पतालअघिको ‘बिरामी’ सडक (तस्बिरहरू)

चितवन- चितवनको भरतपुरलाई नेपालको मेडिकल हबका रूपमा चिनिन्छ। यहाँको भरतपुर अस्पताल

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु

बाजुरामा पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो

बाजुरा- गौमुल गाउँपालिका–३ कटीगाउँमा पहिरोले दुई घर पूर्ण रूपमा क्षति पुर्‍याएपछि

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न

एघार महिनामा पाकेको गहुँ साइत जुराएर काट्छन् चुमभ्यालीका किसान

गोरखा– एघार महिनामा फलेको गहुँ भित्र्याउन चुमभ्यालीका किसानलाई यतिबेला भ्याइनभ्याइ