युभेन्ट्सले एट्लेटिको मड्रिडलाई १-० ले हरायो « Khabarhub

युभेन्ट्सले एट्लेटिको मड्रिडलाई १-० ले हरायो


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- च्याम्पियन्स लिग फुटबलमा युभेन्ट्सले एट्लेटिको मड्रिडलाई हराएको छ । मंगलबार राति भएको खेलमा सिरि ए क्लब युभेन्ट्सले स्पेनिस क्लब एट्लेटिकोलाई १–० ले हराएको हो ।

युभेन्ट्सका पाउलो ड्याबालाको फ्रिकिक गोल एट्लेटिकोलाई हराउन पर्याप्त बन्यो । पहिलो हाफको ईन्जुरी समयमा गोल गर्दै ड्याबलाले युभेन्ट्सलाई जित दिलाएका हुन् ।

अघिल्लो खेलमा आराम गरेको क्रिस्टियानो रोनाल्डोले पुरा ९० मिनेट मैदानमा बिताएका थिए । एटलान्टाविरुद्वको अघिल्लो खेलमा युभेन्ट्सले रोनाल्डोलाई आराम दिएको थियो ।

समूह डीमा युभेन्ट्सले शीर्ष स्थानमा रहँदै अघिल्लो चरण प्रवेश गर्ने निश्चित गर्‍यो। युभेन्ट्सले ५ खेलबाट १३ अंक जोड्यो । एट्लेटिको मड्रिड ७ अंक सहित दोस्रो स्थानमा छ ।

एट्लेटिकोको अघिल्लो चरण प्रवेशको सम्भावना अझै छ । क्लबले अर्को महिना रुसको लोकोमोटिभ मस्कोसंग खेल्नेछ । सो खेलमा जित हासिल गरेको अवस्थामा स्पेनिस क्लब समेत नकआउट चरणमा पुग्नेछ ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  ६ : ५२ बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा