भवन अभावमा पठनपाठन प्रभावित « Khabarhub

भवन अभावमा पठनपाठन प्रभावित


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर- व्यवस्थित भवन नहुँदा भोजपुर नगरपालिका–९ पानीट्याङ्कीस्थित एक विद्यालयमा पठनपाठन प्रभावित हुने गरेको छ ।

वर्षात्मा पानी चुहिन्छ, हिउँदमा शीत तुषारो खस्छ । पुरानो कमजोर छानासहितको जीर्ण भवन छ । आवासीय विद्यालय भएकाले सुत्ने र खाने कोठामा पनि पानी तथा शीत छिर्छ ।

सबै बालबालिका श्रवणशक्ति कमजोर भएका बहिरा छन् । पर्याप्त दक्ष साङ्केतिक शिक्षक पनि छैनन् । विद्यालयको कोठा र छात्रावासमा आकाशेपानी चुहिँदा जाग्राम बस्नुपर्ने वा अन्त कतै ठाउँ सरेर बस्नुपर्ने अवस्था भएको विद्यार्थी एलिसा श्रेष्ठले बताए ।

‘हामीलाई पढ्नभन्दा सुत्न र खाना बनाउन समस्या हुन्छ’, उनले भने, ‘सबै पानी चुहिन्छ, राति पानी पर्दा ठाउँ सारी सारी जाग्राम बस्नुपर्ने बाध्यता छ ।’ विद्यालय स्थापनापछि जिल्लाका विभिन्न ग्रामीण भेगबाट श्रवणशक्ति कमजोर भएका विद्यार्थीको भर्ना हुने सङ्ख्या बढ्दो छ । विद्यालयमा अहिले बालिकाको सङ्ख्या धेरै छ । साँघुरो र जीर्ण भवनमै पठनपाठन गर्नुपर्दा सास्ती भएको शिक्षकहरु सुनाउँछन् ।

फरक क्षमताका बालबालिकालाई गुणस्तरीय शिक्षा दिने उद्देश्यले डेढ वर्षअघि भूकम्पले जीर्ण बनाएको भवनमा विद्यालय स्थापना गरिएको थियो । कक्षाकोठा र छात्रावासको राम्रो प्रबन्ध नहुँदा विद्यार्थी–शिक्षक दुवैलाई समस्या हुने गरेको शिक्षक सरिता तामाङले बताए ।

उनले भने, ‘छानो पुरानो र भवन जीर्ण भएकाले वर्षात्मा पानी चुहिन्छ, हिउँदमा शीत पस्छ । कक्षाकोठा पनि साँघुरो छ, छात्रावासमा सबैभन्दा बढी समस्या हुन्छ । पठनपाठनमा असर पुर्‍याएको छ।’

बोल्न र सुन्न नसक्ने विद्यार्थीलाई साङ्केतिक भाषाका माध्यमले पढाइनुका साथै टाढाका विद्यार्थीलाई खाने र बस्ने पनि व्यवस्था मिलाइएको छ । बालबालिकाको सङ्ख्या बढ्दै गएकाले भवन थप्नुपर्ने अवस्था भएको शिक्षक शन्तकुमार तुम्बापोले सुनाए ।

विद्यालयमा अहिले १३ श्रवणशक्ति कमजोर भएका विद्यार्थी छन् । भूकम्पले जीर्ण बनाएको भवनलाई टालटुल तथा घेरबार गरेर विद्यालय सञ्चालन गरिएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  ८ : ११ बजे

बागमती सरकारले जटिल रोगका बिरामीलाई उपचारमा सहुलियत दिने

मकवानपुर – बागमती प्रदेश सरकारले क्यान्सर, हृदयघात तथा महिलामा हुने

ओली बोलाउँदा गुन्डु गएनन् शंकर र विष्णु, भने – प्रतिवेदनबाटै जवाफ दिन्छौं

काठमाडौं – नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका

चिनी महँगिएको गुनासोबीच विभागले भन्यो : प्रतिकेजी ११० रुपैयाँमै बिक्री भइरहेको छ

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार