माडी प्रदेश सरकारको प्राथमिकतामा : मन्त्री नेपाल | Khabarhub Khabarhub

माडी प्रदेश सरकारको प्राथमिकतामा : मन्त्री नेपाल


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- प्रदेश नं ३ का पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले माडीको विकासलाई प्रदेश सरकारले प्रथमिकतामा राखेको बताए ।

माडीको सोमेश्वरगढीमा भएको राष्ट्रिय प्रस्तर मूर्ति कार्यशालाको समापन गर्दै उनले यहाँको पर्यटन प्रवद्र्धनका लागि सक्दो सहयोग गर्ने उल्लेख गरे ।

स्थानीय तह र प्रदेश सरकारको पहलबाट माडीको पर्यटन विकासका लागि काम गर्ने मन्त्री नेपालले बताए ।

नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न माडी सोमेश्वरगढी कोशेढुङ्गा सावित हुने उनको भनाइ थियो । मुलुककै १०० पर्यटकीय गन्तव्यमध्येको एक धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको सोमेश्वरगढीमा मूर्ति कार्यशालाको सिर्जनाले थप सम्भावना उजागर गरेको उनले उल्लेख गरे ।

निकुञ्जको बाटो हुँदै २४सै घण्टा माडी आवतजावतका लागि पहल थालिएको उनले बताए । ‘समस्याको दीर्घकालीन समाधानका लागि मन्त्रिमण्डलीय तथा स्थानीय जनप्रतिनिधिसँग छलफल भएको छ’, उनले भने ।

कार्यक्रममा माडी नगरपालिका नगरप्रमुख ठाकुरप्रसाद ढकालले सोमेश्वरगढीका ५० भन्दा बढी मूर्ति सीमा सुरक्षामा साक्षी रहने विश्वास व्यक्त गरे ।

सम्भावनाको उर्वरभूमि माडीको सोमेश्वरगढीमा राष्ट्रिय प्रस्तर मूर्ति कार्यशाला सञ्चालनका लागि समन्वय गरेकामा नगरप्रमुख ढकालले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानलाई धन्यवाद दिए ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र माडी नगरपालिकाको आयोजनामा गत कात्तिक २३ गतेदेखि उक्त क्षेत्रमा मूर्ति कार्यशाला आयोजना गरिएको हो । कार्यशालामा सहभागी चर्चित मूर्तिकारले गढीमा ५० भन्दा बढी परम्परागत, धार्मिक, आधुनिक र समसामयिक मूर्ति कुँदेका थिए ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  ९ : ३९ बजे

अशोक राई सच्चिएर आए हामी स्वीकार्न तयार छौँ : उपेन्द्र यादव

काठमाडौं- जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले

सुनकोशी मरिन डाइभर्सनको सुरूङ ‘ब्रेक–थ्रु’ (तस्बिरहरु)

सिन्धुली– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना

उपेन्द्रको गुनासो : म विदेश हुँदा असंवैधानिक तरिकाले पार्टी फुटाइयो

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजित गरिएपछि अध्यक्ष उपेन्द्र

जसपा नेपालको पत्रकार सम्मेलन सुरु

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालको पत्रकार सम्मेलन सुरु भएको

आगामी बजेट नयाँ ढंगबाट आउँछ : प्रधानमन्त्री दाहाल

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा