उपनिर्वाचनमा पुरुषभन्दा महिला मतदाता बढी « Khabarhub

उपनिर्वाचनमा पुरुषभन्दा महिला मतदाता बढी


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- मंसिर १४ गते हुने उपनिर्वाचनमा दाङमा पुरुषभन्दा महिला मतदाता बढी रहेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार दाङ क्षेत्र नं ३ (ख) र घोराही–१६ मा ७३ हजार १७२ मतदाता रहेकामा ३७ हजार ३०५ महिला मतदाता छन् ।

पुरुष मतदाता ३५ हजार ८६६ रहेका छन् भने तेस्रोलिङ्गी मतदाताको सङ्ख्या एक रहेको सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए । दङ्गीशरण गाउँपालिकामा सात हजार ९८१ महिला तथा सात हजार ७१५ पुरुष मतदाता छन् ।

शान्तिनगर गाउँपालिकामा नौ हजार २८३ महिला र आठ हजार ८२० पुरुष मतदाता छन् । बबई गाउँपालिकामा नौ हजार ५११ महिला र नौ हजार ३३८ पुरुष मतदाता रहेको कुँवरले बताए ।

यस्तै तुलसीपुर उपमहानगरपालिका–१, २, १० र ११ मा आठ हजार १६५ महिला, सात हजार ९०५ पुरुष र एक तेस्रोलिङ्गी मतदाता छन् । घोराही उपमहानगरपालिका–१६ मा दुई हजार ३६५ महिला र दुई हजार ८८ महिला मतदाता छन् ।

चुनावलाई मर्यादित बनाउन विप्लव समूहलाई निगरानीमा राखिएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए । उनका अनुसार विप्लव समूह घोषितरूपमै निर्वाचन भड्काउनका लागि सक्रिय भएकाले निगरानी बढाइएको हो । यहाँ छ अति संवेदनशील र २६ संवेदनशील मतदानस्थल रहेका छन् ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  ९ : ५८ बजे

शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६ अगष्ट

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल भदौ ६ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ