प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, कुराकानी गर्न थाले « Khabarhub

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, कुराकानी गर्न थाले


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यअवस्था सुधारउन्मुख रहेको अस्पतालले जनाएको छ ।

मंगलबार एपेन्डिसाइटिसको शल्यक्रियापछि भेन्टिलेटरमा राखिएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भइरहेको  मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ ।

प्रधामन्त्रीको स्वास्थ्यमा सुधार आएसँगै भेटिन्टलेटर हटाइएको छ । उनी अहिले आइसियुमै उपचारत छन् । प्रधानमन्त्री ओली उपचारमा संलग्न चिकित्सकसँग कुरा गर्न सक्ने भएका छन् ।

“प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आई मिति २०७६ मंसिर १० गते मंगलबार विहान यस सेन्टरमा आउनुभएको र विशेषज्ञ चिकित्सकहरुबाट शल्यक्रिया पश्चात हाल सघन उपचारको  सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको छ ।’ अस्पतालले साढे १० बजे जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सम्माननीयज्यूको स्वास्थ्यमा निरन्तर र सुधार भइरहेको र उहाँ अहिले राम्रोसँग कुराकानी गर्न सक्ने अवस्थामा भएको व्यहोरा अस्पतालले जानकारी गराएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  ११ : २२ बजे

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी