टुटल, पठाओमाथिको कारबाही जायज– ट्याक्सी व्यवसायी | Khabarhub Khabarhub

टुटल, पठाओमाथिको कारबाही जायज– ट्याक्सी व्यवसायी


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडा‌ैं– ट्याक्सी व्यवसायीहरुले निजी सवारी साधनले यात्रु बोक्न सरकारले लगाएको प्रतिबन्ध जायज भएको बताएका छन् ।

अखिल नेपाल यातायात मजदुर संघ ट्याक्सी विशेष जिल्ला समिति काठमाडौं र उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले टुटल, पठाओ, सरर र निजी कारहरुले ट्याक्सीजस्तै ओसारपसार गर्नेमाथि सरकारले लगाएको प्रतिबन्ध जायज रहेको बताएका हुन् ।

अरुनै प्रयोजनमा दर्ता भएका सवारीसाधनले भाडा लिएर यात्रु बोक्नेमाथि सरकारले प्रतिबन्ध लगाएको र उक्त कार्यमा आफूहरुको पूर्ण साथ र समर्थन रहेने बताएका हुन् ।

यी सेवामाथि लगाइएको प्रतिबन्ध जायज भएको उनीहरुको भनाइ छ ।

अखिल नेपाल यातायात मजदुर संघ ट्याक्सी विशेष जिल्ला समिति काठमाडौंका अध्यक्ष दुर्गा श्रेष्ठले राज्यले पछिल्लो समय अवैधानिक सवारीसाधन माथि लगाएको प्रतिबन्ध जायज रहेको बताए ।

‘सरकारको यो कदम देखावटी नभईकन दीर्घकालीन रुपमा समस्या समाधानको निम्ति प्रेरणदायी बनोस्’ उनले भने ‘विधि र कानूनी शासनलाई सबैले आत्मसात गर्नुपर्छ ।’

नेपाल भ्रमण वर्ष–२०२० लाई सफल तुल्याउनको लागि ट्याक्सी चालकहरुको भूमिका के हो ? र राज्यले आफूहरुलाई हेर्ने दृष्टिकोण के हो ? भन्दै उनले प्रश्न गरे । उनले भने, ‘हामीलाई पनि सरकारले नेपाल भ्रमण वर्ष सफल तुल्याउने महाअभियानमा भूमिका दिनुपर्छ ।

साथसाथै, अहिले रहेको भाडादर प्रणालीले स्वदेशी तथा विदेशी पर्यटकहरुलाई हामीले सेवा दिन सक्दैर्नौं । सरकारले वैज्ञानिक भाडादर निर्धारण गर्नुपर्छ । यसतर्फ सरकारको बेलैमा ध्यान जाओस् ।’ उनले भाडा समायोजन नभए र अवैध सवारीसाधनले सेवा सुचारु गरे आफूहरुले भ्रमण वर्षलाई असहयोग गर्ने पनि चेतावनी दिए ।

त्यस्तै उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका केन्द्रिय महासचिव पूर्ण तामाङले विधिको शासनअनुसार सबै चल्नुपर्ने धारणा राखे । ‘टुटल, पठाओ र सरर अवैध रुपमा चलेका छन् । निजी प्रयोजनका सवारीहरुपनि यात्रु ओसारपसारमा लागिरहेका छन्’ उनले भने ‘यो कार्यलाई सरकारले तत्काल बन्द गर्नुपर्छ । हामीले धेरै लामो समयदेखि यसबारेमा ध्यानाकार्षण गराउँदै आएका छौं । हामीसँग सरोकार राख्ने हरेक निकायमा ज्ञापनपत्र बुझाएका छौं ।’

सरकारले पछिल्लो समय चालेको कदम स्वागतयोग्य रहेको उनको भनाई छ ।

उनले देशका कार्यकारी प्रमुख प्रधानमन्त्री केपी शर्मा ओलीले टुटल, पठाओ, सरसरलाई केही अवैद्य सम्पत्ति आर्जन गर्ने व्यक्तिहरुको स्वार्थ पूरा गराउनको लागि चल्न दिने भनेर मौखिक निर्देशन दिएकोमा भने आपत्ति जनाए ।

कार्यक्रममा अखिल नेपाल यातायात मजदुर संघ ट्याक्सी विशेष जिल्ला समिति काठमाडौंका जिल्ला ईन्चार्ज सुर्य तामाङले पनि सरकारले अवैध सवारीसाधनमाथि लगाएको प्रतिबन्ध जायज भएको बताए । उनले सरकारले अवैध सवारीसाधनलाई नियन्त्रण तथा प्रतिबन्ध नलगाए आफूहरु प्रतिवादमा उत्रिने चेतावनी दिए ।

उनले भने,‘सरकारको पछिल्लो निर्णयविरुद्ध भोलि टुटल, पठाओ र सररले विरोध तथा शक्ति प्रदर्शन गर्ने भन्ने सूचना आएको छ, यदि राज्यले उनीहरुलाई नियन्त्रण नगरे हामी पनि उनीहरुको विरुद्धमा शक्ति प्रदर्शन गर्न तयार छौं । राज्यले यसप्रति बेलैमा सचेतता अपनाओस् ।’
त्यस्तै, कार्यक्रममा उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका केन्द्रिय अध्यक्ष सानु पूर्वछानेले टुटल, पठाओ र सररले भोलि गर्ने विरोध प्रदर्शनको विरुद्धमा आफूहरु कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् । उनले टुटल, पठाओ, सरर र निजी सवारीसाधनले कर नतिरी आयआर्जन गरेको कडा आपत्ति जनाए ।

‘हामी विधि र विधानअनुसार चल्दै आएका छौं’ उनले भने ‘राज्यले हामीलाई चाहीँ २७ थरीको दोहोरो कर लगाएको छ’ । वि.स. २०६९ देखि अहिलेसम्म पनि भाडा समायोजन गरेको छैन् । हामी ठूलो पीडामा छौं । तर, टुटल, पठाओ र सररलाई आफूखुशी भाडा तोक्ने अधिकार कसले दियो ? यो त दिउँसै लुट हो ।’

पछिल्लो समयमा माथि उल्लेखित मागहरुको बारेमा सरकारले सकारात्मक रुपले ग्रहण गरी टुटल, पठाओ र सररका नाममा अवैधानिक रुपमा सञ्चालन हुँदै आएका सवारीसाधन सञ्चालन नगर्न यातायात व्यवस्था विभागले २०७६ मंसिर ३ गते सूचना प्रकाशित गरेको थियोे ।

उक्त सूचना जारी भएपश्चात् पनि अटेर गरेको अवस्थामा हाम्रो समेत संलग्नतामा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीले प्रयोजन विपरित सञ्चालन भएका दुई तथा चार पाङग्रे निजी सवारीसाधनउपर कारबाही सुरु गरेको थियो ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  १२ : १६ बजे

काभ्रे प्रहरीबाट पटाका बरामद

काभ्रे– बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङबाट प्रहरीले २६

श्रीलंका राष्ट्रपति निर्वाचन : दिसानायक अगाडि, विक्रमासिङ्घे तेस्रो स्थानमा

काठमाडौं– श्रीलंकामा शनिबार भएको राष्ट्रपति निर्वाचनको नतिजा  आउने क्रम सुरु

लेबनानमा इजरायलको हवाई आक्रमण सुरु

बेरुत – इजरायलले लेबनानमा हवाई आक्रमण सुरु गरेको छ। सोही

अस्पतालमा शय्या विस्तार नहुँदा सेवा प्रवाहमा समस्या

नवलपरासी– बर्दघाट सुस्तापूर्व नवलपुरको डण्डामा रहेको मध्यविन्दु जिल्ला अस्पताल पन्ध्र

स्पेनिस ला लिगा : रियल मड्रिडको सानदार जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सानदार जित निकालेको