‘कालो धन विज्ञ’ अमेरिकी प्राध्यापक नै कालो धन थुपारेको आरोपमा पक्राउ « Khabarhub

‘कालो धन विज्ञ’ अमेरिकी प्राध्यापक नै कालो धन थुपारेको आरोपमा पक्राउ


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– लागुऔषध ओसारपसार र नियोजित अपराधबारे किताब लेखेका अमेरिकी विश्वविद्यालयका एकजना प्राध्यापकलाई अधिकारीहरूले कालो धनबाट २५ लाख डलर कमाएको आरोप लगाएका छन् ।

प्राध्यापक ब्रुस बागलेले भेनेजुएलाबाट ल्याइएको कालो धन स्वीट्जरल्याण्ड र यूएईमा रहेका ब्याङ्क खाताहरूबाट प्राप्त गरेको दाबी अभियोजनकर्ताहरूले गरेको बीबीसीले जनाएको छ ।

चार वर्षअघि उनले ड्रग ट्राफिकिङ अर्गनाइज्ड क्राइम एन्ड भायोलेन्स इन द अमेरिकाज टुडे भन्ने पुस्तकको सहलेखन गरेका थिए जसमा “कालो धनको ओसारपसार भरमार चलेको गतिविधि” भनिएको छ।

सीबीएस न्यूजसँग बोल्दै इन्टर्न्याश्नल स्टडिजका प्राध्यापक बागलेले आरोप अस्वीकार गर्दै भने: “मलाई केही भएको छैन। आफूलाई दोषी महसुस गर्दिन। उनीहरूले त्यसलाई पुरै गलत बुझिरहेका छन् ।”

न्यूयोर्कका अधिकारीहरूले बागलेले फ्लोरिडा ब्याङ्कमा आफ्नो श्रीमतीको साथमा एउटा खाता खोलेको आरोप लगाएका छन् ।

सन् २०१७ को नोभेम्बरदेखि उक्त खातामा यूएईमा रहेको कोलम्बियाली नागरिकको नियन्त्रणमा रहेको खाद्य कम्पनीबाट पैसा आउन थालेको थियो ।

ती कोलम्बियाली नागरिकको नाम र भेनेजुएलाबाट पैसा आउने प्रक्रिया भने खुलाइएको छैन ।

बागलेको पुस्तकमा कालो धन ओसारपसार कसरी हुन्छ भन्ने प्रक्रिया “असाध्यै जटिल” रहेको बताइएको छ । अभियोजनकर्ताहरूले खातामा आउने रकम भेनेजुयलामा “घुस र भ्रष्टाचार” का क्रममा प्राप्त भएको दाबी गरेका छन् ।

यो मुद्दा भेनेजुएलामा हुने भ्रष्टाचारको रकम अमेरिकी वित्तीय प्रणालीको प्रयोग गरेर कसरी ओसारपसार हुन्छ र अमेरिकी कानून कहाँ दुरुपयोग हुन्छ भन्ने बुझ्ने प्रयत्नको एक अंश रहेको बताइएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  १२ : ३५ बजे

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

नेपाल–साउदी कूटनीतिक सम्बन्धको ५० वर्ष

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र

नयाँ बसपार्कमा यसरी गरियो विश्वकर्मा पूजा 

काठमाडौं– विश्वकर्मा बाबाको पूजाको अवसरमा काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा बस

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले