देउवाले पोखरा आएर सूर्यलाई हातले छेक्न खोजे– प्रचण्ड « Khabarhub

देउवाले पोखरा आएर सूर्यलाई हातले छेक्न खोजे– प्रचण्ड


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पोखरामा आएर सूर्यलाई हातले छेक्न खोजेको बताए ।

बुधबार पोखराको नयाँबजारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले कांग्रेस सभापति देउवाले झुटो कुरा गरेर जनतालाई भ्रममा पार्न खोजेको पनि बताए ।

केही दिन अगाडि मात्रै पोखरामा आयोजित चुनावी सभामा बोल्दै कांग्रेस सभापति देउवाले कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो भू–भागमा पार्ने गरी भारतले प्रधानमन्त्री ओलीसँग सल्लाह गरेर नक्सा जारी गरेको आरोप लगाएका थिए ।

देउवाको उक्त आरोपबारे नेकपाका नेताहरुले चर्को आलोचना गरिरहेका छन् ।

बुधबार पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेकपा अध्यक्ष प्रचण्डले पनि देउवाले सूर्यलाई हातले छेक्ने खोज्ने जस्तो गरी हल्का अभिव्यक्ति दिएको टिप्पणी गरे ।

अध्यक्ष प्रचण्डले कांग्रेसका केही नेताहरुमा अझै पनि हैकमवादी प्रवृत्ति रहेको उल्लेख गर्दै उनीहरुले जनतालाई कारिन्ता सम्झेर फर्मान जारी गर्ने गरेको पनि आरोप लगाए ।

अध्यक्ष प्रचण्डले वर्तमान सरकार ५ वर्षसम्म चल्ने र यसको स्थिरतामा कमी नआउने स्पष्ट पनि पारे । पार्टीमा अन्योल पनि नरहेकाले अब मुलुकलाई विकास र समृद्धितर्फ डोर्‍याउन प्रतिबद्ध भएर लाग्नुपर्ने विषयमा प्रचण्डले जोड दिए ।

नेकपाका कारण ७० वर्षपछि मुलुकमा राजनीतिक स्थायित्व भएको जनाउँदै उनले भने, ‘नेकपाको जोखिम र साहसिक निर्णयले अराजक स्थितिको अन्त्यसँगै मुलुकमा गणतन्त्र स्थापना भएको छ ।’

नेकपाका उम्मेदवार विद्या भट्टराई एक अध्ययनशील र राष्ट्रिय व्यक्तित्व पनि भएकाले पार्टीले उम्मेदवार बनाएको उल्लेख अध्यक्ष प्रचण्डले उनलाई विजयी बनाउन आग्रह गरे ।

नेकपाकै अग्रसरतामा नै मुलुकमा महिलालाई राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश बनाएको जनाउँदै उनले गणतान्त्रिक संविधानमा दलित, मधेशी, आदिवासी जनजातिलगायत सबैको अधिकार सुनिश्चित गरिएको उल्लेख गरे ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  १ : ५५ बजे

वर्षासँगै नौ सडकखण्ड अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौं– लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका नौ सडकखण्ड पहिरो,

मतदातालाई गृहमन्त्री गुरुङको जवाफ, ‘कायापलट गर्न सक्दिनँ, बरू भोट फिर्ता लैजानुस्’

गोरखा- गोरखाको शहीद लखन गाउँपालिका-९ का मतदाताले चुनावका क्रममा गरेका

नक्साल नागपोखरीमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौं– श्रावण शुक्ल पञ्चमीका दिन आज नाग पञ्चमी पर्व मनाइँदै

‘रिटर्नी’ उद्यमीको सीप र पुँजी नेपालको आर्थिक विकासको आधार बन्नसक्छ

काठमाडौं-नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले कोरियामा विभिन्न

थालाछें नागपोखरीमा नागपूजा

भक्तपुर– थालाछें नागपोखरीमा आज बिहानैदेखि नाग पूजा गर्न भक्तजनहरुको भीड लागेको