रसुवाको टिमुरेमा सुक्खा बन्दरगाहको निर्माण शुरू, साढे दुई वर्षमा बनिसक्ने « Khabarhub

रसुवाको टिमुरेमा सुक्खा बन्दरगाहको निर्माण शुरू, साढे दुई वर्षमा बनिसक्ने


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा–नेपालको उत्तरी नाका रसुवागढीको टिमुरेमा सुख्खा बन्दरगाहको निर्माण शुरु भएको छ ।

वैदेशिक व्यापारलाई सहजीकरण गर्ने उद्देश्यले बन्दरगाहको निर्माण शुरु भएको हो । निर्माण थालेको साढे दुई वर्ष (३० महिना) मा बन्दरगाह निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

बन्दरगाह निर्माणको जिम्मा तिब्बेत फुली कन्ट्रक्सन ग्रुप कम्पनीले पाएको छ । कम्पनी र नेपाल इन्टरमोडेल यातायात विकास समितिबीच २९ वैशाख २०७६ मा सुख्खा बन्दरगाह निर्माण गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

करिब १२ करोड ४० लाख चिनियाँ युआन (करीव २ अर्ब रुपैयाँ) लागतमा सुख्खा बन्दरगाह निर्माण गर्न लागिएको हो । यसका लागि चीन सरकारले आर्थिक सहयोग गरेको छ । ८ दशमलब ५ हेक्टर क्षेत्रफलमा बन्ने बन्दरगाहमा मुख्य भवनसहित भन्सार, क्वारेन्टाइन, बैंक, ल्याब, सुरक्षा निकायका कार्यालय रहने छन् । यहाँ एकै पटक तीन सयभन्दा बढी ट्रक–कन्टेनर राख्न सक्ने पार्किङ बनाइनेछ ।

“चीनसँगको व्यापार बिस्तारका लागि रसुवा अहिले सरकारको प्राथमिकतामा परेको छ”, नेपाल इन्टरमोडेल यातायात विकास समितिका प्राविधिक इञ्जिनीयर प्रमोद आचार्यले भने, चीन सरकारको सहयोगअन्तर्गत टिमुरेगाउँमुनि भोटेकोशी नदीको तटीय क्षेत्र र आसपासका भिरालो कान्ला जमीनसमेत उपभोग गरी ३५० वटा मालबाहक कन्टेनर अट्ने क्षमताको सुक्खा बन्दरगाह निर्माण कार्य शुरु भएको हो ।”

यही मङ्सिर ५ गतेदेखि तीव्ररूपमा काम अगाडि बढिसकेको उहाँले बताउनुभयो । गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेको आधार इलाकामा सुक्खा बन्दरगाहमा ढलानवाला मैदान तयारी गर्ने र सामान परीक्षण गर्ने स्थलको नजिक पाँच हजार वर्गमिटर क्षेत्रफलमा पाँच तल्ले भवन, दुई हजार ८० वर्गमिटर क्षेत्रफलमा सामान जाँचपास केन्द्र र ७५० वर्गमिटर भूभागमा सामान भण्डारणको गोदामसमेत संरचना निर्माण हुने बताइएको छ ।

सुक्खा बन्दरगाह भोटेकोशीको तटीय क्षेत्रमा भएकाले वर्षायामको पानीको बाहव व्यवस्थापन गर्न पानी एकत्रितका लागि नदीको डिलमा पूरै मेशिनरी पर्खाल लगाइने डिजायन भएको इञ्जिनीयर आचार्यले जानकारी दिए । निर्माण कार्य सम्पन्न गर्न आवश्यक मेशिनरी उपकरणसहित ३२ चिनियाँ नागरिक संलग्न रहेको नेपाली प्राविधिकले बताएका छन् ।

नेपाल इन्टरमोडल बोर्डको जिम्मेवारी भने सुक्खा बन्दगाह निर्माणमा चिनियाँ ठेकेदार कम्पनीलाई निर्वाधरूपले काम गर्ने वातावरण बनाउन सघाउने, चिनियाँ नागरिक कामदारको भिसा थप गर्न सहयोग गर्ने र निर्माणमा आइपर्ने विविध समस्या समाधानमा सहजीकरण गर्नेलगायत जिम्मेवारी समितिले पाएको इञ्जिनीयर आचार्यले जानकारी दिए ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  २ : ३० बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

गुल्मीका वन्यजन्तु पीडित किसानले तीन वर्षपछि क्षतिपूर्ति पाए

गुल्मी– वन्यजन्तुबाट पशुधनमा क्षति व्यहोरेर लामो समयदेखि राहतको पर्खाइमा रहेका

एआई र सूचना प्रविधिको क्रान्तिलाई सकारात्मक रूपमा सदुपयोग गर्न मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विश्वभर तीव्र रूपमा

तयार भयो, तर प्रयोगमा आएन कनकाईको विद्युतीय शवदाह गृह

भद्रपुर- झापाको कनकाई नगरपालिका–४ कोटिहोमस्थित कनकाई नदीको पूर्वी तटमा करिब २

पर्यटन प्रवर्द्धनका लागि पोखरामा आधुनिक ‘पोखरा घर’  

पोखरा- पर्यटनको राजधानी पोखरामा पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले आधुनिक