बाढीले बगाएर ल्याएको बालुवा र काठ व्यवस्थापन गर्न मनीष झाको आग्रह « Khabarhub

बाढीले बगाएर ल्याएको बालुवा र काठ व्यवस्थापन गर्न मनीष झाको आग्रह


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले बाढीपहिरोका क्रममा नदी तथा जंगलबाट बगेर आउने बालुवा र काठको उचित व्यवस्थापन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रकृति मानवका लागि वरदान भए पनि त्यसको उचित व्यवस्थापन गर्न नसके विपत्तिको कारण बन्न सक्ने बताए ।

हालैको बाढीपहिरोका क्रममा पहाडी क्षेत्रबाट बगेको ठूलो परिमाणको बालुवा तराईका नदी तथा बस्ती क्षेत्रमा पुगेको र कतिपय नदीमा पानीभन्दा बढी काठ बगेको उनले उल्लेख गरे ।

‘नदीमा बालुवा धेरै जम्मा हुँदा बस्तीमा पुग्न थालेको छ । काठ व्यवस्थापन गर्न नसक्दा कतिपय नदीमा पानीभन्दा बढी काठ बगेको देखियो,’ उनले भने ।

नेपालले मलेसियालगायतका देशबाट काठ आयात गरिरहेको उल्लेख गर्दै झाले बाढीले बगाएर ल्याएको काठ र बालुवालाई उचित व्यवस्थापन गर्न सम्बन्धित निकायले तत्काल ध्यान दिनुपर्ने बताए ।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  ३ : ०३ बजे

दरौँदीका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)

गोरखा– वडा दसैँ सकिएसँगै गोरखाको दरौँदी नदी किनारका फाँटमा किसानलाई

इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण