पाँचथरबाट आङ्देम्बेसहित १० जना कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित « Khabarhub

पाँचथरबाट आङ्देम्बेसहित १० जना कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

पाँचथर – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे पाँचथरबाट पार्टीको १५औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्।

आङ्देम्बेले १ हजार १८९ मत प्राप्त गरेका छन्। यस्तै, पाँचथरबाट नरेन्द्रकुमार केरुङ पनि महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। केरुङले १ हजार २११ मत प्राप्त गरेका छन्।

यसैगरी, नेपाली कांग्रेस पाँचथर जिल्ला कार्यसमितिका सभापति रूपनारायण जबेगु र सचिव दीपक नेपाल पनि महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्।

कांग्रेसले क्षेत्रीय अधिवेशनसँगै १५औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयन गर्ने प्रक्रिया जारी राखेको छ।

निर्वाचित महाधिवेशन प्रतिनिधि :

१. नरेन्द्रकुमार केरुङ – १,२११
२. भीष्मराज आङ्देम्बे – १,१८९
३. रूपनारायण जबेगू – १,१४३
४. बृजहाङ आङ्देम्बे – ८६०
५. दीपक नेपाल – ८१५
६. पूर्ण तुम्बापो – ६९९
७. कर्ण माङलाक – ६५३
८. सुमन लामा – ६२६
९. डिकेन्द्र चेम्जोङ – ६११
१०. सूर्य नेम्बाङ – ५५७

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  ३ : ०२ बजे

दरौँदीका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)

गोरखा– वडा दसैँ सकिएसँगै गोरखाको दरौँदी नदी किनारका फाँटमा किसानलाई

इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण