प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे देउवा, भेट्न भने पाएनन् « Khabarhub

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे देउवा, भेट्न भने पाएनन्


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अस्पताल पुगेका छन् ।

देउवा बुधवार(आज) दिउँसो मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेर प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

अस्पताल गएसँगै देउवाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘शिक्षण अस्पतालको सघन कक्षमा उपचार गराईरहनु भएका प्रधानमन्त्री एवं मेरा मित्र केपी शर्मा ओलीजीको स्वास्थ्य अवस्थाकाबारेमा आज अस्पताल पुगेर जानकारी लिएँ। चिकित्सकका अनुसार उहाँको स्वास्थ्यमा उल्लेख्य सुधार आईरहेको छ। उहाँको शिघ्र स्वास्थ लाभको कामना गर्दछु।’

प्रधानमन्त्री ओलीलाई भेट्न अस्पताल पुगेपनि देउवाले भेट गर्न भने पाएनन् । प्रधानमन्त्री ओलीलाई भेट गर्न नपाएपनि उनले चिकित्सकसँग प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

अस्पतालका अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आएको छ । उनी कुराकानी गर्न सक्ने भएका छन् । बुधवार विहान पत्नी राधिका शाक्यको सहयोगमा उनले कालो चिया पिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  २ : ४१ बजे

अचानक कतार पुगे इरानी विदेशमन्त्री, अमेरिकासँग तनावबीच उच्चस्तरीय भ्रमण

काठमाडौं- इरानका विदेशमन्त्री अब्बास अराघची बुधबार पूर्वघोषणाबिनै कतारको राजधानी दोहा

नेपाल-भारत ऊर्जा सहकार्यबारे संयुक्त निर्देशक समिति र कार्यदलको बैठक पोखरामा

काठमाडौं– नेपाल र छिमेकी भारतबीच ऊर्जा क्षेत्रको द्विपक्षीय सहकार्यलाई थप

संसद् दुई साताका लागि स्थगित, साउन १४ गते बस्ने

काठमाडौं – प्रतिनिधिसभाको बैठक दुई साताका लागि स्थगित गरिएको छ।

सुकुम्वासी पीडितको पुनर्स्थापनाबारे जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं – सुकुम्वासी बस्ती भत्काइएको विषयलाई लिएर संसदमा जरुरी सार्वजनिक

मेस्सीको उपाधि रक्षा यात्रा : गोल्डेन बुटका दुई दाबेदारलाई रोक्नुपर्ने कठिन चुनौती

काठमाडौं – लियोनेल मेस्सीले अर्जेन्टिनाका लागि फुटबलको सर्वोच्च उपाधि विश्वकपदेखि