पशुपतिनाथ दर्शनमा जाने अशक्त तथा वृद्धवृद्धलाई अब विद्युतीय सवारीको सुविधा « Khabarhub

पशुपतिनाथ दर्शनमा जाने अशक्त तथा वृद्धवृद्धलाई अब विद्युतीय सवारीको सुविधा


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अब पशुपति नाथको दर्शन गर्न जाने अशक्त तथा वृद्धवृद्धाले विद्युतीय सवारीसाधन प्रयोग गर्न पाउने भएका छन् ।

भारतीय महिला संघ काठमाडौंले पशुपति क्षेत्र विकास कोषलाई दुईवटा विद्युतीय सवारी साधन उपलब्ध गराएको छ ।

भारतीय महिला संघका अध्यक्ष नम्रिता पुरीले उच्च गुणस्तरको ‘लिथियम आयन’ ब्याट्री जडित आठ सिट क्षमताको २ वटा विद्युतीय सवारी साधन बुधबार एक कार्यक्रम गरी पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.प्रदीप ढकाललाई हस्तान्तरण गरेकी हुन्।

अध्यक्ष पुरीले पशुपतिनाथ मन्दिरको दर्शन गर्न आउने तीर्थयात्री र महिला, बालबालिका, वृद्धवृद्धा तथा अशक्त व्यक्तिहरूका लागि विद्युतीय सवारीसाधनहरू उपयोगी हुने बताइन् ।

उनले भारत र नेपालका जनताबीच रहेको सांस्कृतिक तथा धार्मिक सम्बन्धलाई सुदृढ बनाउन सहयोग पुर्‍याउने विश्वाससमेत व्यक्त गरिन् । कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव ढकालले विद्युतीय सवारी साधन वृद्धवृद्धा तथा अशक्त तथा महिलाका लागि उपयोगी हुने बताए ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  ४ : ३६ बजे

मोबाइलमै भएको डिजिटल राहदानी र भिसा मान्य हुने

काठमाडौं– अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसा

चिलिमे र माथिल्लो त्रिशूली-१ को सुरूङभित्र एकै दिन ९ शव भेटिए

रसुवा– रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह

भारतबाट थप १६० ग्यास बुलेट ल्याइँदै : डेराका विद्यार्थी, सुत्केरी र गर्भवतीलाई पहिलो प्राथमिकता

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १६० वटा अतिरिक्त ग्यास

कांग्रेस महाधिवेशनमा करिब सात हजार प्रतिनिधि सहभागी हुने

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सात हजार हाराहारीमा महाधिवेशन प्रतिनिधि

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य छ निर्णय

काठमाडौं– सरकारले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी