कानूनका विद्यार्थी ट्राफिक स्वयमसेवकका रुपमा सडकमा « Khabarhub

कानूनका विद्यार्थी ट्राफिक स्वयमसेवकका रुपमा सडकमा


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक स्वयंसेवकका रुपमा कानून संकायका साढे तीन सयभन्दा बढी विद्यार्थीहरुलाई परिचालन गरेको छ ।

ट्राफिक व्यवस्थापनमा सुधार तथा नागरिकसम्म ट्राफिक नियम पालना गर्नुपर्छ भन्ने जनचेतना जगाउन कानूनका विद्यार्थीलाई परिचालन गरेको महाशाखाले जनाएको छ ।

ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालका अनुसार गत आइतवारदेखि युवाहरु सडकमा परिचालन भएका छन् । उनीहरुले एकसाता अथार्त् आगमी आइतवारसम्म सडकमा नागरिकलाई चेतना दिने काम गर्ने छन् ।

मी आइतबारदेखि एक सातासम्म चल्ने दोस्रो चरणको अभियानमा काठमाडौं स्कुल अफ ल, चक्रवर्ति अवि एजुकेशन एकेडेमी र नेशनल ल कलेजका विद्यार्थीहरुलाई परिचालन गरिएको उनले जानकारी दिए ।

अभियानमा ३ सय ५५ जना युवा ट्राफिक स्वयंसेवकहरु परिचालित भएका छन् ।

‘अहिले परिचालित भएका युवाहरुले विशेषगरी सर्वसाधरणलाई ट्राफिक नियम सिकाउनेछन्’ उनले भने, ‘पिक एण्ड ड्रप, जेब्रा क्रसिङ साथै कस्ता स्थानबाट बाटो काट्ने भन्ने कुरासमेत सिकाइरहेका छन् ।’

ट्राफिक प्रहरीले गत असोज ५ गते पहिलो चरण अन्तर्गत पाँच सय जना युवा ट्राफिक स्वयंसेवकहरु परिचालन गरी ट्राफिक व्यवस्थापन सम्बन्धी एक साता लामो अभियान सञ्चालन गरेको थियो भने यो दोस्रो अभियान हो ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  ४ : ४५ बजे

मोबाइलमै भएको डिजिटल राहदानी र भिसा मान्य हुने

काठमाडौं– अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसा

चिलिमे र माथिल्लो त्रिशूली-१ को सुरूङभित्र एकै दिन ९ शव भेटिए

रसुवा– रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह

भारतबाट थप १६० ग्यास बुलेट ल्याइँदै : डेराका विद्यार्थी, सुत्केरी र गर्भवतीलाई पहिलो प्राथमिकता

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १६० वटा अतिरिक्त ग्यास

कांग्रेस महाधिवेशनमा करिब सात हजार प्रतिनिधि सहभागी हुने

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सात हजार हाराहारीमा महाधिवेशन प्रतिनिधि

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य छ निर्णय

काठमाडौं– सरकारले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी