कमजोरी दोहोर्‍याए स्वर्ण जित्न कठिन – कप्तान शाही « Khabarhub

कमजोरी दोहोर्‍याए स्वर्ण जित्न कठिन – कप्तान शाही


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत महिला भलिबलमा जीत हात पारेको नेपाली टोलीकी कप्तान अरुणा शाहीले बंगलादेशविरुद्ध उत्कृष्ट खेलेको प्रतिक्रिया दिएकी छिन् ।

बुधबार त्रिपुरेश्वरस्थित राखेप कर्भडहलमा भएको खेलमा नेपाली महिला टोलीले बंगलादेशी टोलीलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।

जीतपछिको पत्रकार भेटघाटमा कप्तान अरुणाले नेपालले विपक्षी टोली अनुसार खेल पस्किएको बताइन् ।

‘हामीले पहिलो खेलमा जीत हात पार्दै राम्रो शुरुआत गरेका छौं । नेपालले बंगलादेशको खेल अनुसार आफ्नो प्रदर्शन खेल्या,’ शाहीले भनिन्,‘आजको खेलमा केही गल्तिहरु भएका छन् ।’

घरेलु मैदानमा पहिलो पटक कप्तानी गरेकी अरुणाले आजको खेल जस्तो भारतविरुद्ध नहुने बताइन् । साथै उनले कमजोरी पुन दोहोर्याए लिएको लक्ष्य पुरा गर्न कठिन रहेको बताइन् ।

अरुणाले बंगलादेशविरुद्ध केही कमजोरी भएको स्वीकारेकी छन् । साथै, उनले बिहीबार हुने भारतविरुद्धको खेलमा आज भएका कमजोरी सुधार्न नसके लक्ष्य प्राप्तीमा असहज हुने बताइन् ।

सागमा स्वर्ण जित्ने लक्ष्यमा रहेको नेपाली टोलीका लागि सबैभन्दा बलियो टिम भारत हो । नेपालकै समूहमा रहेको भारतसँग खेल्नेछ ।

नेपाली टोलीका प्रशिक्षक जगदिश भट्टले आज भएको खेलमा टिमले राम्रो खेलेको बताएका छन् । ‘आजको खेलमा नेपालले राम्रो खेल्यो । सबै खेलाडीलाई खेलका लागि अवसर दियौं,’ भारतविरुद्धको खेल बारे भट्टले भने,‘आज केही गल्तीहरु भएका छन् । तर, आगामि खेलमा सुधार गर्नुपर्छ । भारतविरुद्ध आजका गल्तीहरु भारतविरुद्ध गर्नुहुँदैन ।’

विपक्षी टोलीका प्रशिक्षकले आफ्नो टिमले राम्रो खेले पनि घरेलु टोली बलियो भएकाले पराजित हुनुपरेको बताए ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  ५ : ४८ बजे

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा– बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी

मिथिला क्षेत्रमा आज मधुश्रावणी पर्व समापन गरिँदै

महोत्तरी– मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन्