चोरीका १७ मोटरसाइकलसहित तीन जना पक्राउ « Khabarhub

चोरीका १७ मोटरसाइकलसहित तीन जना पक्राउ


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरीका १७ मोटरसाइकलसहित तीन जालाई पक्राउ गरेको छ ।

उपत्यकाका ठमेल, नैकाप, बौद्ध, ताल्छिखेल, अनामनगर, बालाजु, भक्तपुर, गौशाला, सोह्रखुट्टेलगायत स्थानबाट चोरी भएका मोटरसाई प्रहरीले नियन्त्रणमा लिई सवारी धनीलाई बुझाएको छ ।

चोरीका मोटरसाइकल खोजी गर्ने क्रममा ट्राफिक प्रहरीले चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको महाशाखाका प्रहरी उपरीक्षक तथा प्रवक्ता रविकुमार पौडेलले जानकारी दिए ।

महाशाखाका अनुसार सबिना तामाङ, गणेश खकुरेल, प्रकाशमान सिंह, भीमप्रसाद दुलाल, तारा भण्डारी, अमित ठकुरी, राजाराम थापा, सुमन राना, सकिन खड्गी, प्रवीण सुवेदीलगायतलाई मोटरसाइकल जिम्मा लगाएको हो ।

चालू आवमा हराएका ११८ मोटरसाइकल फेला पारी धनीलाई जिम्मा लगाएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  ७ : १८ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु