निर्वाचन सामग्रीसहित कर्मचारी मतदानस्थल पुगे « Khabarhub

निर्वाचन सामग्रीसहित कर्मचारी मतदानस्थल पुगे


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ–जिल्ला निर्वाचन कार्यालय दाङले मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि आवश्यक पर्ने निर्वाचन सामग्रीसहित कर्मचारी मतदानस्थलमा पठाएको छ ।

निर्वाचनका लागि आवश्यक पर्ने सामग्री प्रदान गरेर बिदाइ गरिएको हो । आज नै कर्मचारी तथा सुरक्षाकर्मी पुगिसकेका छन् । कर्मचारी तथा सुरक्षाकर्मीलाई मतपेटिका, मतपत्र, आवयश्क पर्ने अन्य सामग्री प्रदान गरेर पठाइएको जिल्ला निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए ।

जिल्लामा हुने उपनिर्वाचनमा ३४ मतदानस्थल र ८२ मतदान केन्द्र छन् । प्रत्येक मतदान केन्द्रमा पाँच जना कर्मचारी र स्वयंसेवक रहने भएको निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्लामा दुई स्थानमा उपनिर्वाचन हुँदैछ । प्रदेशसभातर्फ निर्वाचन क्षेत्र नं ३ (ख) मा उपनिर्वाचन हुँदैछ भने घोराही उपमहानगरपालिकाको वडा नं १६ मा उपनिर्वाचन हुँदैछ ।

मङ्सिर १४ गते हुने निर्वाचनमा ७३ हजार १७२ जना मतदाता छन् । महिला ३७ हजार ३०५, पुरुष ३५ हजार ८६६ तथा एक जना तेस्रो लिङ्गी रहेको निर्वाचन कार्यालयले जनाएको छ । घोराही उपमहानगरपालिकाको वडा नं १६ मा चार हजार ४५३ जना मतदाता छन् ।

प्रदेशसभा निर्वाचनअन्तर्गत तुलसीपुर उपमहानगरपालिका वडा नं १, २, १०, ११ मा १६ हजार ७१ मतदाता रहेका छन् । त्यस्तै दङ्गीशरण गाउँपालिकामा १५ हजार ६९६, बबई गाउँपालिकामा १८ हजार ८४९ र शान्ति नगरगाउँपालिकामा १८ हजार १३ मतदाता छन् ।

उपनिर्वाचन हुने क्षेत्रका छ मतदान केन्द्र अति संवेदनशीलमा राखिएको छ । जिल्ला सुरक्षा समितिले निर्वाचन क्षेत्र ३ ‘ख’ का छ वटा मतदान केन्द्र सुरक्षा दृष्टिले अति संवेदनशीलमा राखेको हो । जिल्लाका ३४ मतदान केन्द्रमध्ये छ वटा केन्द्र सुरक्षाका दृष्टिले अतिसंवेदनशील रहेको जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  १० : ३० बजे

केही भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पूर्वप्रधानमन्त्री ओली र लेखकलाई आज अदालत लगिँदै

काठमाडौँ– शनिबार बिहान पक्राउ परेका पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का

बालेन्द्र सरकारका सय कामको कार्यसूची सकारात्मक र स्वागतयोग्य : बाबुराम भट्टराई

काठमाडौँ– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नवगठित बालेन्द्र शाह नेतृत्वको सरकारले

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

बाढीले बिपी राजमार्गको अस्थायी सडक बगायो : सवारी सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक – शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीले बिपी