घरेलु दर्शकको साथ पाएको नेपाल बंगलादेशसँग पराजित « Khabarhub

घरेलु दर्शकको साथ पाएको नेपाल बंगलादेशसँग पराजित


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं -१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष भलिबलमा राष्ट्रिय भलिबल टोली बंगलादेशसँग पराजित भएको छ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बुधबार साँझ भएको खेलमा नेपाल बंगलादेशसँग ३-२ को सेटमा पराजित भएको हो।

खेलमा पहिलो सेट जित्दै राम्रो शुरुआत गरेपनि लय समात्न नसक्दा घरेलु मैदानमा हार व्यहोर्न पुग्यो।

खेलको अन्तिम सेटमा बंगलादेशले राम्रो शुरुआत गरेको थियो। जसमा जसमा बंगलादेशले ४-१ को अग्रता बनाएको थियो ।
बंगलादेशलाई रोक्न नसकेको नेपालले अन्तिम सेट १५-१२ स्कोरमा गुमाएको थियो।

त्यसअघि रोमाञ्चित बनेको चौथो सेटमा बंगलादेशले २६-२४ स्कोरको जित हात पारेको थियो। २४ बराबरी भएपछि अन्तिम २ स्कोर लगातार जोडेको बंगलादेशले चौथो सेट हात पार्यो।

घरेलु दर्शकको साथ पाएका नेपाली खेलाडी उत्साहित देखिएका थिए। तर, पनि उनीहरूले हार जोगाउन सकेनन्। राम्रो शुरुआत गर्ने लक्ष्यमा रहेको घरेलु टोली दर्शकको साथ पाउँदा पनि पराजयबाट जोगिन सकेन।

खेलको पहिलो सेट जितेको नेपालले दोस्रो सेट गुमाएपनि तेस्रो सेटमा पुन खेलमा फर्किएको थियो। तर, चौथो र पाँचौं सेटमा लय समात्न नसक्दा पराजित हुन पुग्यो।

कभर्डहल नै गुञ्जायमान र बनेको तेस्रो सेटमा नेपालका राजेन्द्र बिष्ट र धन बहादुर भट्ट क्षेत्रीले उत्कृष्ट खेल्दै टिमको जितमा योगदान पुर्याएका थिए।

जसमा १३ स्कोरसम्म बराबरी गइरहेको खेलमा नेपालका राजेन्द्र बिष्ट सर्भिसमा आएका थिए । उनले लगातार ५ अंक टिमलाई दिलाउँदै १७-१३ को अवस्थामा पुर्याएका थिए।

१७-१४ हुँदा राजेन्द्रको सर्भिस नेटमा अट्किएको थियो। यस्तै दोस्रो सेटमा नेपाल २५-२३ ले बंगलादेशलाई सुम्पेको थियो भने पहिलो सेटमा नेपालले बंगलाटटदेशी भलिबल टोलीलाई २५-२० मा हराएको थियो।

खेलको अन्तिमसम्म साथ दिएका दर्शक टाउको निहुराउँदै कभर्डहलबाट बाहिरिएका थिए। बंगलादेशविरुद्वको खेलमा नेपालका शरण सामरीले डेब्यु गरेका थिए।

अब नेपालले शुक्रबार ५ बजे आफ्नो दोस्रो खेल भारतसँग खेल्नेछ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  ९ : ३३ बजे

बालेनलाई बधाई दिँदै गगनले भने : रचनात्मक सहयोग र साथ दिन्छु

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नवनियुक्त प्रधानमन्त्री बालेन शाह

अफगानिस्तानमा भारी वर्षा र बाढी : पाँच जनाको मृत्यु, छ घाइते

काबुल- अफगानिस्तानका विभिन्न प्रान्तहरूमा पछिल्लो २४ घण्टामा परेको अत्यधिक वर्षाका

बालेनलाई बधाई दिँदै मोदीले भने : नजिकबाट काम गर्ने अपेक्षा गरेको छु

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह

निफमा बलिउड लेजेन्ड निर्देशक सिप्पी र महानायक हमालबीच संवाद कार्यक्रम हुने

काठमाडौं – बलिउडका लेजेन्ड निर्देशक, निर्माता एवं कलाकार रमेश सिप्पी

कानुन मन्त्रीको शपथ लिएकी सोबिताले कुनै निर्णय गरिनन्

काठमाडौं- सोबिता गौतमले कानुन मन्त्रीको पदभार ग्रहण गरेकी छन् ।