चिसोमा स्वस्थ रहने ५ टिप्स « Khabarhub

चिसोमा स्वस्थ रहने ५ टिप्स


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिले देशभरको मौसम चिसो भइरहेको छ । काठमाडौंको मौसम १ डिग्री सेल्सियसमा झर्दा मनाङमा तापक्रम माइनसमा पुगेको छ ।

यस्तो अवस्थामा विशेषा ख्याल पुर्‍याउन आवश्यक छ । जाडोमा पनि आफ्नो स्वास्थ्य मजबुद बनाउन तपाईंले निम्न उपाय अपनाउनुहोस् :

अत्यधिक पानी पिउनुपर्छ

लामो यात्रामा निस्कनुभन्दा अघि प्रशस्त पानी पिउनुपर्छ । यसले मौसम जति नै चिसो भयो भने पनि शरीर भित्रको वायु श्वासनलीसम्म पुग्दा तातो नै रहने गर्छ । ड्राइ एयर प्यासेजको समस्याबाट बच्नका लागि पनि यात्रामा निस्कनुअघि पानी पिउनु निकै राम्रो उपाय मानिन्छ ।

तातो पेय पदार्थबाट बचौं

जाडोमा तातो पेय पदार्थ अथवा अल्कोहल लिएपछि बाहिर जानुहुँदैन । त्यसले हाम्रो रक्त बाहिनीहरुलाई शिथिल बनाइदिन्छ ।

शरीरलाई आराम दिनुपर्छ

सामान्य स्थितिमाभन्दा व्यायाम गरेपछि शरीरबाट १० गुणा बढी तातो वाफ निस्कन्छ । जाडो मौसममा अत्यधिक व्यायाम गर्नबाट बच्नुपर्छ ।

जाडोमा चिसो पानीबाट बच्नुपर्छ

जाडो मौसममा चिसो पानीमा पौडिँदा एक प्रकारको व्यायाम हुने भएकाले शरीर त तात्छ । तर, त्यो स्वास्थका लागि फाइदाजनक भने हुँदैन ।

चिसो हावाबाट बचौं

यदि तपाईं तीब्र गतिको हावामा टहलिरहनु भएको छ भने बिस्तारै हिँड्नुपर्छ, बिस्तारै हिँड्दा पनि तपाईंको शरीरले त्यत्ति नै फाइदा पाउँछ ।

त्यस्तै जाडो मौसममा व्यायामका लागि जानुभन्दा अघि एक कप तातो चिया अथवा दुध पिउनुपर्छ । व्यायामका लागि त्यस्तो पहिरन छनोट गर्नुपर्छ । व्यायाम गरेपछि कम्तिमा तीन मिनेटपछि मात्र नुहाउनुपर्छ । व्यायाम गर्ने बित्तिकै कपडा फेर्नुहुँदैन ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  ७ : ०० बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै