चिसोमा स्वस्थ रहने ५ टिप्स « Khabarhub

चिसोमा स्वस्थ रहने ५ टिप्स


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिले देशभरको मौसम चिसो भइरहेको छ । काठमाडौंको मौसम १ डिग्री सेल्सियसमा झर्दा मनाङमा तापक्रम माइनसमा पुगेको छ ।

यस्तो अवस्थामा विशेषा ख्याल पुर्‍याउन आवश्यक छ । जाडोमा पनि आफ्नो स्वास्थ्य मजबुद बनाउन तपाईंले निम्न उपाय अपनाउनुहोस् :

अत्यधिक पानी पिउनुपर्छ

लामो यात्रामा निस्कनुभन्दा अघि प्रशस्त पानी पिउनुपर्छ । यसले मौसम जति नै चिसो भयो भने पनि शरीर भित्रको वायु श्वासनलीसम्म पुग्दा तातो नै रहने गर्छ । ड्राइ एयर प्यासेजको समस्याबाट बच्नका लागि पनि यात्रामा निस्कनुअघि पानी पिउनु निकै राम्रो उपाय मानिन्छ ।

तातो पेय पदार्थबाट बचौं

जाडोमा तातो पेय पदार्थ अथवा अल्कोहल लिएपछि बाहिर जानुहुँदैन । त्यसले हाम्रो रक्त बाहिनीहरुलाई शिथिल बनाइदिन्छ ।

शरीरलाई आराम दिनुपर्छ

सामान्य स्थितिमाभन्दा व्यायाम गरेपछि शरीरबाट १० गुणा बढी तातो वाफ निस्कन्छ । जाडो मौसममा अत्यधिक व्यायाम गर्नबाट बच्नुपर्छ ।

जाडोमा चिसो पानीबाट बच्नुपर्छ

जाडो मौसममा चिसो पानीमा पौडिँदा एक प्रकारको व्यायाम हुने भएकाले शरीर त तात्छ । तर, त्यो स्वास्थका लागि फाइदाजनक भने हुँदैन ।

चिसो हावाबाट बचौं

यदि तपाईं तीब्र गतिको हावामा टहलिरहनु भएको छ भने बिस्तारै हिँड्नुपर्छ, बिस्तारै हिँड्दा पनि तपाईंको शरीरले त्यत्ति नै फाइदा पाउँछ ।

त्यस्तै जाडो मौसममा व्यायामका लागि जानुभन्दा अघि एक कप तातो चिया अथवा दुध पिउनुपर्छ । व्यायामका लागि त्यस्तो पहिरन छनोट गर्नुपर्छ । व्यायाम गरेपछि कम्तिमा तीन मिनेटपछि मात्र नुहाउनुपर्छ । व्यायाम गर्ने बित्तिकै कपडा फेर्नुहुँदैन ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  ७ : ०० बजे

रातो मच्छिन्द्रनाथलाई महास्नान गराइयो

काठमाडौं– वर्षा र सहकालका देवताको रुपमा मानिने रातो मच्छिन्द्रनाथको मूर्तिलाई

हाँडीगाउँमा गहना खोज्ने जात्रा सम्पन्न

काठमाडौं– काठमाडौंको हाँडीगाउँमा शुक्रबार गहना खोज्ने जात्रा सम्पन्न भएको छ

गरिब र निमुखाका लागि सहकारी : मुख्यमन्त्री बानियाँ

चितवन– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सहकारीलाई उत्थान गर्न सके

गेटा अस्पताल र पाठ्यपुस्तक छपाइबारे शिक्षामन्त्रीको चासो

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जनक शिक्षा सामग्री

सरकारी सूचना प्रकाशन र प्रसारण निर्णय सच्चाउन सरकारलाई तीन दिने अल्टिमेटम

काठमाडौं– नेपाल पत्रकार महासंघले सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन