जहाँ २२ रुपैयाँ तिरे गर्लफ्रेण्ड पनि पाइन्छन् भाडामा ! « Khabarhub

जहाँ २२ रुपैयाँ तिरे गर्लफ्रेण्ड पनि पाइन्छन् भाडामा !


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बेलाबखत निकै अचम्म लाग्ने र अपत्यारिला समाचार सार्वजनिक हुन्छन् ।

घटना विश्वासयोग्य नलागे पनि वास्तविकता बुझ्दा नपत्याईं सुख हुँदैन । एउटा यस्तै समाचार हालै सार्वजनिक भएको छ जहाँ २० मिनेटका लागि २२ रुपैयाँ तिरे गर्लफ्रेण्ड पनि भाडामा पाइन्छन् ।

घटना छिमेकी मुलुक चीनको हो । जहाँ एक सपिङ्ग मलले ग्राहकहरुको सन्तुष्टि र आफ्नो व्यापार व्यवसाय बढाउन लगाएको एउटा जुक्ति हो । उसले ग्राहकका लागि भाडामा ग्रर्लफ्रेण्ड उपलब्ध गराइदिने गरेको छ ।

त्यसका लागि केही शर्त भने पक्कै राखिएका छन् । तपाईँले एउटा शर्त मान्नु भयो भने ती केटीहरुसँग २० मिनट समय बिताउन सक्नुुहुन्छ । २२ रुपैयाँ अर्थात ११ फिलिपिनो पिसोमा पाइने ती युवतीहहरुसँग तपाईले मज्जाले समय बिताउन सक्नुहुन्छ ।

उक्त सपिङ्ग मलको यो अफरपछि त्यहाँ युवाहरुको निकै भिड लाग्न थालेको बताइन्छ । दक्षिणी चीको सहर हुआनमा वाइटैलिटी सिटी नामको सपिङ्ग मलमा यो अफर शुरु गरिएको हो । यहाँ १५ सुन्दर युवतीहरु राखिएका छन् ।

यस मलमा प्रवेश गर्ने बित्तिकै ग्राहकका लागि युवतीहरु लाइनमा उभिएका हुन्छन् । उनीहरु मध्यबाट ग्राहकले आफूलाई मनपरेकी युवतीसँग समय बिताउँन सक्छन् ।

उनीहरुलाई भाडामा लिएर २० मिनेट मज्जाले डेटिङ्ग गर्न सक्नुहुन्छ । यो अवधिमा सपिङ्ग, डिनर, कफी, गफगाफ गर्न सकिन्छ तर ती युवतीलाई छुन भने पाइँदैन।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  ७ : ४७ बजे

अरिजीत सिंह फ्यानहरूलाई बनाए निराश, छाडे प्लेब्याक गायन

मुम्बई- लोकप्रिय गायक अरिजीत सिंहले प्लेब्याक गायनबाट संन्यास लिएको घोषणा

उत्तरी गोरखामा हिमपात

गोरखा– जिल्लाको उत्तरी भेगमा भारी हिमपात भएको छ । आज

एनसेलले नवीकरण गर्‍यो आईएसओ २७००१ र २७७०१

काठमाडौं- एनसेलले सूचना सुरक्षा र डेटा गोपनीयतासम्बन्धी प्रतिष्ठित अन्तर्राष्ट्रिय मान्यता

चुरेभावर नेकपामा समाहित नभएको स्पष्टोक्ति

काठमाडौं– चुरेभावर लोकतान्त्रिक पार्टीले आफ्नो पार्टी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)

मोरङ १ मा कांग्रेसका फागोले सुरू गरे चुनावी घरदैलो

मोरङ- नेपाली कांग्रेसबाट मोरङ निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार खड्ग