ठमेल क्षेत्रमा अव्यवस्थित तार हटाउने काम आधा सकियो, इन्टरनेट चल्न भने अझै समय लाग्ने | Khabarhub Khabarhub

ठमेल क्षेत्रमा अव्यवस्थित तार हटाउने काम आधा सकियो, इन्टरनेट चल्न भने अझै समय लाग्ने



काठमाडौं– दुई साता अघिसम्म विजुली, टेलिफोन, इन्टरनेट, केबुल लगायतक तारले जेलिएको ठमेल अहिले खुला देखिएको छ ।

ठमेलको सौन्दर्यमा समेत असर गरिरहेको अव्यवस्थित तार हट्नु ठमेलका लागि मात्र होइन राजधानी काठमाडौंका लागि नै सकारात्मक कुरा हो ।

तर यो खुसी सँगसगै अर्को दुःखद् कुरा थपिएको छ, ठमेलवासीका लागि । त्यो हो–‘इन्टरनेट र टेलिफोन’ को पहुँच । तार काटिएसँगै ठमेलवासी टेलिफोन र इन्टरनेटको पहुँच बाहिर पुगेका छन् ।

भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै काठमाडौं महानगर, नेपाल टेलिकम, विद्युत प्राधिकरण, महानगरीय प्रहरी कार्यालयको सल्लाहमा ठमेलमा अवस्थित रुपमा रहेको तार त काटियो । तर काटिएको तारसँगै ठमेलवासी इन्टरको पहुँचबाट बञ्चित बन्न पुगेका छन् ।

काठमाडौं उपत्यकामा प्रवेश गर्ने पर्यटकका करिब ९० प्रतिशत हिस्सा ठमेल क्षेत्रले ओगटेको छ । ठमेललाई पर्यटनका हिसाबले आकर्षक केन्द्रक रुपमा पनि लिइन्छ ।

भ्रमणवर्षको लागि लक्षित गर्दै तार काटिएसँगै ठमेल क्षेत्रमा इन्टरनेट कहिले चल्छ भन्ने टुंगो लाग्न सकेको छैन । यसले आन्तरिक मात्र नभई बाह्य पर्यटकका लागि समेत असर पुर्‍याइरहेको छ ।

जताततै देखिएका तारलाई व्यवस्थित गरेपनि टेलिफोन र इन्टरनेटको सुविधाबाट टाढा भएको स्थानीय हरि कटुवालले खबरहबलाई जानकारी दिए ।

‘पहिले अव्यवस्थित थियो अहिले व्यवस्थित भयो, बजार सफा देख्न त पाइयो’ कटुवालले खबरहबसँग भने ‘तर दुई सातादेखि हामीले इन्टरनेट चलाउन पाएका छैनौं ।’

इन्टरनेटको पहुँच नहुँदा व्यापार व्यवसायमा समेत प्रभाव परेको छ ।

ठमेल पर्यटन विकास परिषदले भने आफूहरुले सबै पक्षसँग सल्लाह गरेर नै यो कदम चालेको बताउँछ ।

ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष भवि शर्मा भन्छन्, ‘नेपाल टेलिकम, विद्युत प्राधिकरण, ट्राफिक प्रहरी लगायत विभिन्न संसस्थाहरुसँग छलफल गरेर नै हामीले यो कामको सुरुवात गरेका हौं ।’

‘तार काट्ने इन्टरनेट पनि नजाने भन्ने कुराको विकल्प टेलिकमसँग पनि छैन’ उनले भने ‘सबै कुरामा फाइदा खोजेर हुँदैन नि ! यो त राज्यकै लागि राम्रो कुरा हो ।’

अहिले तार काटिएका स्थानमा रिकभर गर्ने काम भइरहेको छ । शर्माका अनुसार हालसम्म करिब ५० प्रतिशत काम सम्पन्न भइसकेको छ भने ती स्थानमा ३० प्रतिशत रिकभरको काम सकिएको छ ।

‘पर्सि बेलुकासम्म हामीले काटिएका तार भएका स्थानमा रिकभरको काम सम्पन्न गर्छौ’ खबरहबसँग कुरा गर्दै उनले भने ‘बाँकी रहेको ५० प्रतिशत काम भने नयाँ वर्ष पश्चात सुरु गर्ने छौं ।’

‘इन्टरनेट नचल्दा पर्यटक प्रवद्र्धनमा असर पर्छ नै तर ठमेलमा अफसिजन लागेको छ अहिले’ शर्माले भने ‘त्यसमाथि तत्कालका लागि मोवाइलमा ‘फोरजी’ तथा अन्य मोवाइल डाटाको प्रयोग गर्न पनि सकिन्छ ।’

पर्यटकका लागि नमुनाका रुपमा ठमेललाई चिनाउन लागेको बताउँदै उनले भने ‘वर्षौदेखि तारका गजुल्टा रहेको ठमेल अहिले निकै सुन्दर देखिएको छ यो कामलाई निन्तरता दिँदै गएमा ठमेललाई थप पर्यटकीय स्थानका रुपमा अघि बढाउन सकिन्छ ।’

इन्टरनेट चल्न अझै समय लाग्छ : टान अध्यक्ष सुवेदी

ठमेलको सुन्दरतालाई देखाउनका लागि करिब २ सातादेखि विजुलीका पोलमा जथाभावी छरिएका तारहरु काट्ने काम भइरहेको टानका अध्यक्ष खुम बहादुर सुवेदीले खबरहबलाई जानकारी दिए ।

ठमेलको सुन्दरता देखाउँदै गर्दा इन्टरको समस्या देखिएको र त्यसले पर्यटकमा कस्तो असर पुर्‍याइरहेको छ भन्ने प्रश्नमा सुवेदी भन्छन्, ‘असहज त भएकै हो तर सुन्दरता देखाउने काम पनि त भइरहेको छ नि ।’

अझैपनि तार निकाल्ने काम जारी भइरहेकाले अझै केही समय इन्टरनेटको सुविधा नहुने बताउँदै उनी भन्छन्, ‘केही दुःख परेपनि सहनुपर्‍यो केही समय लाग्छ, प्रक्रिया भइरहेको छ।’

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  १२ : ५१ बजे

मोजाम्बिकमा जेलबाट १५ सय कैदी फरार

मोजाम्बिक – मोजाम्बिकमा भइरहेको राजनीतिक अशान्तिको फाइदा लिँदै १५ सय

लिम्बू कला–संस्कृति संरक्षणमा जुट्दै नयाँ पुस्ता

इलाम– इलामका लिम्बू युवा पुस्ता आफ्नो कला र संस्कृति संरक्षणमा

चितवनमा आजदेखि ‘मह उत्सव’ हुँदै

चितवन– चितवनमा आजदेखि पुस १५ गतेसम्म ‘मह उत्सव’ हुँदैछ ।

अर्थसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न चार समितिको बैठक बस्दैछ ।

आजको मौसम : पश्चिमी वायुका साथै न्यूनचापीय प्रणालीको प्रभाव रहने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल