वैदेशिक रोजगारीका क्रममा हराएका श्रमिकबारे सरकार बेखबर « Khabarhub

वैदेशिक रोजगारीका क्रममा हराएका श्रमिकबारे सरकार बेखबर

मलेसिया र खाडीका देशबाट हराउने श्रमिक धेरै


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–विगत केही वर्षयता वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिक हराउन क्रम बढ्दो छ । रोजगारीका लागि विभिन्न देश पुगेका श्रमिक वषैदेखि घर नफर्किदाँ परिवारलाई समेत समस्या हुन थालेको छ ।

वैदेशिक रोजगारीमा गएका श्रमिक परिवारको सम्पर्कमा नआउँदा उनीहरु हराएको भन्दै परिवार प्रशासनिक निकाय धाउन थालेका छन् । यसरी हराएका श्रमिक कहाँ जान्छन् भन्ने समस्या बन्न थालेको छ । विदेश कमाउन गएका श्रमिक उत्तै हराएपछि परिवारको विचल्ली हुने गरेको छ ।

प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)ले पछिल्लो ६ वर्षको अवधिमा गरेको एक अध्ययनमा ३ सय ८८ जना वैदेशिक रोजगारीका क्रममा हराएको भन्दै आफन्त र परिवारले खोजीका लागि आवेदन दिएको जनाएको छ ।

वैदेशिक रोजगारीमा गएका ३ सय १३ पुरुष र ७५ जना महिलाहरु हराएका छन् । यसरी हराएको व्यक्ति अज्ञात नै हुने गरेको पीएनसीसीले जानकारी दिएको छ । वैदेशिक रोजगारीका क्रममा परिवारसँग सम्बन्ध टुटेका श्रमिक कहाँ जान्छन छ ? यो विषयमा सरकार भने बेखबर जस्तै छ । जसका कारण यसरी हराएका श्रमिकका कहाँ खोज्ने भन्ने विषयमा उनीहरुको आफन्त र परिवार अझ अन्योलमा पर्ने गरेको पाइन्छ ।

वैदेशिक रोजगारीमा गएका श्रमिक देशअनुसार हराएको अध्ययनका क्रममा पाएको प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) का अध्यक्ष कुलप्रसाद कार्कीले जानकारी दिएका छन् । रोजगारीका लागि खाडीका देश र मलेसिया गएका धेरै श्रमिक हराउने गरेको पीएनसीसीका अध्यक्ष कार्कीले बताए ।

‘ मलेसिया गएका धेरै श्रमिक विवाह गरेर बसेका कारण परिवारको सम्पर्कमा आउँदैनन् । उनीहरुलाई विवाहपछि परिवारसँग विदेशी केटीले सम्पर्क गर्न नदिने गरेको अध्ययनका क्रममा भेटिएको थियो । साउदीमा हराएरका कतिपय श्रमिकको मृत्यु नै भएको हुन्छ । यसरी हराएको श्रमिक भेटन सकिदैन,’ उनले भने, ‘वैदेशिक रोजगारीका क्रममा हराएका श्रमिक खोज्न सरकारले तत्परता देखाउनुपर्छ । विदेशमा रहेका नियोगहरुलाई सक्रिया बनाएर काम लगाउन सक्यो भने केही मात्र समस्या समाधान हुन्छ ।’

यस्तै, वैदेशिक रोजगार विभाग र परराष्ट्रय मन्त्रालय अन्तरगतका कन्सुलर विभागमा पनि वैदेशिक रोजगारीका क्रममा धेरै श्रमिक हराएका आवेदन लिएर आफन्त र परिवार धाउने गरेका छन् । रोजगारीका लागि विभिन्न देश गएका श्रमिक हराएको समस्या लिएर आफन्त आउने गरेको विभागका प्रवक्ता भोला गुरागाँईले जानकारी दिए ।

वैदेशिक रोजगारीका क्रममा हराएका श्रमिक खोज्न विभागले नियोगमार्फत पहल गर्ने गरेको उनको भनाइ छ । कन्सुलर विभागमा वार्षिक ३० जना सम्म विदेशी हराएका आफन्त खोजी दिन निवेदन पर्ने गरेको जनाएको छ । विभागमा पनि वार्षिक २० जानसम्म वैदेशिक रोजगारीमा गइ सम्पर्कमा नआएको भन्दै गुनासो लिएर परिवार र आफन्त आउने गरेका जनाएको छ ।

हराउने अधिकांश खाडीका देश र मलेसियामा

पीएनसीसीले गरेको अध्ययनले ६ वर्षमा ३ सय ८८ जना वैदेशिक रोजगारीका क्रममा हराएको पाइएको छ । यो अवधिमा सवैभन्दा धेरै मलेसिया हराएका छन् । मलेसिया रोजगारीमा गएका २ सय श्रमिक परिवारको सम्पर्क बाहिर छन् । उनीहरुका अवस्था अज्ञात छ । साउदी अरेबियामा ६७, कुबेतमा ४६, युएईमा ३२, कतारमा २२ र अन्य मुलुक पुगेका ३० नेपाली परिवारको परिवारको सम्पर्कमा विगत कम्तिमा २ वर्षदेखि नआएको पिएनसिसीले जनाएको छ ।

यो अवधिमा पीएनसीसीले १ सय ४ कामदारको खोजी गरिरहेको जनाएको छ । सबैभन्दा बढी नवलपरासीबाट वैदेशिक रोजागरीमा गएका ८४ आप्रवासी कामदार परिवारको सम्पर्क बाहिर रहेका छन् ।

यस्तै कैलाली २२, धनुषा २१, धादिङ २०, सिन्धुपाल्चोक २०, सर्लाही १९, उदयपुर १५, सुनसरी १४, सप्तरी र नुवाकोट १३ र १३ तथा अन्य जिल्लाका १ सय ४७ नेपाली परिवारको सम्पर्क बाहिर छन् । ५३ श्रमिकको अवस्था अज्ञात रहेकाले खोजी प्रक्रिया स्थगित गरिएको पीएनसीसीले जनाएको छ ।

हराउनुको मुख्य कारण

वैदेशिक रोजगारीका क्रममा हराएका श्रमिक धेरै जेलमै परेको हुनसक्ने सरकारी अनुमान छ । विभिन्न अभियोगमा जेल पर्नु, प्रेम सम्बन्ध, ऋणका कारण परिवारसँग सम्पर्कमा नरहनु, पारिवारिक मनमुटाव, रोजगारीकै क्रममा विदेशमा मृत्यु, दुर्घटनामा पर्नु र घरेलु महिला श्रमिकलाई रोजगारदाताले बन्दी बनाएर राख्नु मुख्य कारण हुनसक्ने बोर्डले जनाएको छ ।

विदेशी गएपछि अन्य देशका केटीसँग प्रेमजालमा फसेर कतिपय श्रमिक नेपाल नफर्किने गरेको बोर्डको अनुमान छ ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  १ : २६ बजे

निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्ध प्रभावकारी बनाउन राष्ट्रपतिको निर्देशन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित

सङ्घर्ष जारी छ, अबको सङ्घर्ष उत्पादनका लागि हुन्छ : प्रचण्ड

रुकुमपूर्व – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

जनताको शिर झुक्न दिने छैन : रविकिरण हमाल

सुर्खेत – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सुर्खेत क्षेत्र नम्बर–१ का

मतदाता शिक्षा प्रभावकारी बनाउन ‘नमूना मतदान’ अभ्यास

खोटाङ – जिल्ला निर्वाचन कार्यालय खोटाङले यही फागुन २१ गते

वीरगञ्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने छ जना पक्राउ

पर्सा – गत सोमबार वीरगञ्जको अवैध गोदाममा छापा मार्न जाँदा