निवेदन लेखाउन सहयोग लिनुपर्ने समस्याको अन्त्य « Khabarhub

निवेदन लेखाउन सहयोग लिनुपर्ने समस्याको अन्त्य


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– यहाँस्थित जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीले निवेदन लेखाउन पैसा तिरेर तेस्रो व्यक्तिको सहयोग लिनुपर्ने समस्याको अन्त्य गरेको छ । 

कार्यालयमा प्रशासनकै कर्मचारीले निवेदन तयार पार्ने व्यवस्था मिलाउँदै सो समस्याको अन्त्य गरिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी कुलराज आचार्यले आफैँ निवेदन लेख्न नसक्ने सेवाग्राहीको सहजताका लागि निवेदनको नमूना तयार पारेर कर्मचारीले भरिदिने ब्यवस्था मिलाइएको जानकारी दिए । 

‘निवेदन लेख्न सेवाग्राहीले समय र पैसा खर्चनु नपरोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था मिलाएका हौँ,’ उनले भने, ‘नागरिकता, प्रमाणित, पेन्सनसम्बन्धी सेवाका लागि आवश्यक पर्ने विभिन्न निवेदनको व्यहोरा उल्लेख गरेर निवेदनको नमूना तयार पारेका छौँ ।’

त्यसैगरी म्याग्दी प्रशासनले युवा पुस्ताका सेवाग्राहीलाई लक्षित गरेर ‘जेन-जी सुझाव पेटिका’ राखेको छ । 

प्रशासन र अन्य कार्यालयको सेवाप्रवाहको विषयमा गुनासो संकलन तथा युवा पुस्ताबाट रचनात्मक र सिर्जनशील सुझावको अपेक्षासहित जेन-जी सुझाव पेटिका राखिएको प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले बताए। 
 

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  १२ : ३० बजे

कान्ति राजमार्गको एकतर्फी नियम हटाइयो

हेटौँडा – हेटौँडाबाट काठमाडौँ जोड्ने त्रिभुवन राजपथ (बाइरोड) र कान्ति

‘बुद्ध-परिपथ’ निर्माण सुरु: काभ्रेका पनौती, नमोबुद्ध र तेमाल जोडिँदै

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दक्षिण-पूर्वी भेगका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रलाई

के आफ्नै सरकारलाई घेर्न रविले मान्छे उतारेका हुन् ?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीमा अहिले संसद्‍देखि सामाजिक सञ्जालमासमेत दुई धार

मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालन

काठमाडाैँ – मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत १५ किलोमा खसेको लेदो पन्छाएपछि सडक

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी – इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा