हङकङको आगलागीले बिर्सायो २९ वर्षअघिको घटना, चुनाव नै सार्ने तयारी « Khabarhub

हङकङको आगलागीले बिर्सायो २९ वर्षअघिको घटना, चुनाव नै सार्ने तयारी


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

हङकङ- हङकङको ताइ पोस्थित वाङ फुक कोर्टमा लागेको भीषण आगलागीमा ४४ जनाको मृत्यु भएसँगै हङकङका प्रमुख कार्यकारी जोन लीले मर्मतसम्भार भइरहेका सबै सरकारी आवास क्षेत्रमा तत्काल निरीक्षण गर्न निर्देशन दिएका छन्।

निधन भएकाहरूमध्ये एक जना अग्नि–नियन्त्रक पनि छन्। करिब २८० जनाको अवस्था अझै अज्ञात छ । अहिले पनि त्यहाँ उद्धारकार्य जारी छ।

बिहीबार बिहानसम्म सात प्रभावित आवास ब्लकमध्ये चारमा आगो नियन्त्रणमा आइसकेको छ । तीनवटा ब्लकका माथिल्ला तल्लामा अझै आगो बलिरहेको छ।

अस्पतालमा उपचाररत ६८ जनामध्ये १६ जनाको अवस्था गम्भीर छ भने २५ जना गम्भीर चोटसहित भर्ना छन्।

अधिकारीहरूले आगो तीव्र गतिमा फैलिनु असामान्य भएको बताएका छन्। प्रारम्भिक अनुसन्धानमा प्रत्येक तल्लाका लिफ्ट झ्यालहरू स्टाइरोफोमले छोपिएको भेटिएको छ ।

जसले आगोलाई छिटो कोरिडोर हुँदै कोठासम्म फैलिन मद्दत गर्‍यो। स्काफोल्डिङ र बाहिरी आवरणमा प्रयोग भएका सामग्री पनि सुरक्षा मापदण्डअनुसार नभएको सरकारी अधिकारीहरूले बताएका छन्।

पुलिसले भवन मर्मतसम्भारका लागि जिम्मेवार ठेकेदार कम्पनीका दुई निर्देशक र एक सल्लाहकारलाई हत्याको आरोपमा पक्राउ गरेको छ।

उनीहरूले स्काफोल्डिङका लागि मापदण्डबाहिरका सामग्री प्रयोग गरेको र झ्यालहरू स्टाइरोफोमले छोपेको आरोप लागेको छ ।

त्यहीकारण आगो फैलिन विशेष भूमिका खेलेको अनुसन्धानकर्ताहरूको भनाइ छ। प्रहरी प्रशासनले आवास क्षेत्र संचालक कम्पनीको कार्यालय पनि छानबिन गरिरहेको छ।

आगो बुधबार दिउँसो २:५१ बजे लागेको थियो, यो केही मिनेटमै तीव्र रूपमा फैलिएको थियो।

साँझसम्म आगोको सतर्कता स्तर बढाएर अधिकतम ५ नम्बर अलार्म दिइएको थियो। घटनास्थलका भिडियोहरूमा बाँसको स्काफोल्डिङ केही सेकेन्डमै ज्वाला लिएर ठूलो आगेमा बदलिएको देखिन्छ। जलिरहेको हरियो जाली कपडा भुइँमा खस्दै गर्दा बाक्लो धुवाँ फैलिएको थियो।

उता चीनका राष्ट्रपति सी चिनफिङले बुधबार राति शोक प्रकट गर्दै घाइते र प्रभावितहरूको लागि पूरा प्रयास गर्न आग्रह गरेका छन्।

जोन लीले बिहीबार बिहान अस्पतालमा घाइतेहरूलाई भेटेर आगलागी र स्काफोल्डिङसम्बन्धी सम्पूर्ण विषयको गहिरो छानबिन हुने बताएका छन्।

उनले घटनालाई ठूलो विपत्ति भन्दै सन् १९९६ को गार्ली भवन आगलागीभन्दा यसका मृत्यु संख्या बढी भएको उल्लेख गरे।

डिसेम्बर ७ को चुनावअघि हुने चुनावसम्बन्धी गतिविधि स्थगित गरिएको छ। लीले आवश्यक परे चुनाव सार्ने विषयमा समीक्षा भइरहेको बताएका छन्।

यसबीच, अलिबाबाका संस्थापक ज्याक मासहितका प्रमुख व्यवसायीहरूले राहत तथा पुनःस्थापना कार्यका लागि सहयोग गर्ने घोषणा गरेका छन्।

उद्धार टोलीहरूले हराइरहेका बासिन्दाहरूको खोजी जारी राखेका छन्। सबै ब्लक सुरक्षित रूपमा क्लियर नभएसम्म उद्धारकार्य लगातार चल्ने अधिकारीहरूले बताएका छन् ।

के थियो गर्ली भवन आगलागी ?

२० नोभेम्बर १९९६ मा हङकङको जोर्डनस्थित नाथन रोड २३२–२४० मा रहेको १६ तले गर्ली व्यावसायिक भवनमा आगो लागेको थियो ।

यस आगलागीमा ४१ जनाको मृत्यु हुँदा ८१ जना घाइते भएका थिए। यो घटनालाई शान्तिकालमा हङकङको इतिहासकै सबैभन्दा ठूलो भवन आगलागी मानिन्थ्यो ।

त्यसबेला आगलागीले भवनका तल्लो दुई तलाहरू र माथिल्ला तीन तलाहरू ध्वस्त बनायो, जबकि बीचका तला धेरै हदसम्म सुरक्षित रहे।

गर्ली भवनको इतिहास

यो भवन सन् १९७५ मा बनेको थियो । उक्त भवनमा आगलागीपछि मात्रै सरकारले सबै व्यावसायिक भवनमा स्प्रिङ्कलर प्रणाली अनिवार्य गर्ने नियम लागू गरेको थियो।

भवन रहेको जग्गा १९७० मा काई यी इन्भेस्टमेन्ट कम्पनी लिमिटेडले १५ लाख ६० हजार हङकङ डलर (झन्डै २ लाख अमेरिकी डलर) मा किनेको थियो।

चीन रिसोर्सेजको सह–समूह चाइनिज आर्ट्स एण्ड क्राफ्ट्सले १९८९ मा तल्लाबाट नौ तला सम्मको आधा भवन ३५.५ मिलियन हङ्कङ डलरमा किनेको थियो।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  १२ : ३३ बजे

बझाङमा जीप दुर्घटनामा परी घटनास्थलमै तीन जनाको मृत्यु

काठमाडौं- बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा

विराटनगरमा औद्योगिक प्रदर्शनी स्थल निर्माणका लागि सरकारसँग पहल गर्न उद्योगीको आग्रह

विराटनगर- सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगी तथा व्यवसायीहरूले विराटनगर महानगरपालिका–३ मा

समुदाय-प्रहरी साझेदारी कार्यक्रमबाट २१ हजारभन्दा बढी लाभान्वित

धरान– सुनसरीमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी भएको पाइएको छ ।

सोमेश्वरगढीमा प्रधानसेनापति अभिमानसिंहको शालिक अनावरण

नारायणगढ (चितवन)- समुद्र सतहबाट ८८० मिटरको उचाइमा उभिएर हेर्दा देखिने

माइखोला बेलासेमा बेलीब्रिज जडान सम्पन्न, सवारी सञ्चालन

फिक्कल– इलाम सदरमुकामबाट झापाको व्यापारिक केन्द्र बिर्तामोड जोड्ने छोटो दूरीको