बलात्कार आरोप लागेका सिद्धबाबाको अदालती बयान शुरु « Khabarhub

बलात्कार आरोप लागेका सिद्धबाबाको अदालती बयान शुरु


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इनर्वा– जबरजस्ती करणी (बलात्कार) अभियोग लागेका सिद्धबाबा भनिने कृष्णदास गिरीको अदालती बयान शुरु भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले बिहीबार गिरीविरुद्ध जिल्ला अदालत सुनसरीमा अभियोग पत्र दायर गरेको थियो ।

बिहीबार अभियोग पत्र दायर गरिएपछि प्रहरीले गिरीलाई शुक्रबार बिहान अदालतमा उपस्थित गराएको थियो । अहिले जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलाशमा गिरीको बयान भइरहेको छ ।

जिल्ला अदालत सुनसरीका प्रवक्ता गोपाल गिरीले शुक्रबार नै सिद्धबाबा भनिने कृष्णदासको बयान सकिने संभावना रहेको बताए । बयान सकिए पछि शुक्रबार नै थुनछेक बहस हुने छ ।
जिल्ला सरकारी वकिल कार्यालय सुनसरीका सहायक जिल्ला न्यायाधीवक्ता अनिल रेग्मीका अनुसार सिद्धबाबा भनिने गिरीविरुद्ध १८ वर्षभन्दा बढी उमेर भएकी महिलामाथि बलात्कार गरेको अभियोग लगाइएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले गिरीविरुद्ध फौजदारी अपराध संहिताको दफा २१९ को उपदफा (३) को देहाय (ङ) बमोजिम अधिकत्तम १० वर्ष कैद सजाय मागदाबी गरेको छ ।

अपराध संहिताको दफा २१९ को उपदफा (३) को देहाय (ङ) मा १८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरकी महिलालाई जबरजस्ती करणी गरेको प्रमाणित भएमा ७ वर्षदेखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

गिरीविरुद्ध उनकै एक महिला अनुयायीले बलात्कार आरोप लगाएकी थिइन् । पीडित महिलाले प्रहरीमा उजुरी दिएपछि गिरी भने आफू बिरामी भएको भन्दै विराटनगरस्थित एउटा अस्पतालमा भर्ना भएका थिए ।

प्रहरीले गत मंसिर १८ गते गिरीलाई अस्पतालबाटै पक्राउ गरेको थियो । प्रहरीले पक्राउ गरेपछि पनि गिरी भने अस्पतालमै बस्दै आएका थिए ।

चिकित्सकहरुले उनलाई मुटुसम्बन्धी रोगको समस्या रहेको बताउँदै आएका छन् । तर, पीडित पक्षले भने गिरीले घटनालाई प्रभावित पार्न अस्पतालमा बसेर विभिन्न प्रकारका चलखेल गरिरहेको आरोप लगाएका छन् ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  १ : ३६ बजे

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर