बलात्कार आरोप लागेका सिद्धबाबाको अदालती बयान शुरु « Khabarhub

बलात्कार आरोप लागेका सिद्धबाबाको अदालती बयान शुरु


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इनर्वा– जबरजस्ती करणी (बलात्कार) अभियोग लागेका सिद्धबाबा भनिने कृष्णदास गिरीको अदालती बयान शुरु भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले बिहीबार गिरीविरुद्ध जिल्ला अदालत सुनसरीमा अभियोग पत्र दायर गरेको थियो ।

बिहीबार अभियोग पत्र दायर गरिएपछि प्रहरीले गिरीलाई शुक्रबार बिहान अदालतमा उपस्थित गराएको थियो । अहिले जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलाशमा गिरीको बयान भइरहेको छ ।

जिल्ला अदालत सुनसरीका प्रवक्ता गोपाल गिरीले शुक्रबार नै सिद्धबाबा भनिने कृष्णदासको बयान सकिने संभावना रहेको बताए । बयान सकिए पछि शुक्रबार नै थुनछेक बहस हुने छ ।
जिल्ला सरकारी वकिल कार्यालय सुनसरीका सहायक जिल्ला न्यायाधीवक्ता अनिल रेग्मीका अनुसार सिद्धबाबा भनिने गिरीविरुद्ध १८ वर्षभन्दा बढी उमेर भएकी महिलामाथि बलात्कार गरेको अभियोग लगाइएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले गिरीविरुद्ध फौजदारी अपराध संहिताको दफा २१९ को उपदफा (३) को देहाय (ङ) बमोजिम अधिकत्तम १० वर्ष कैद सजाय मागदाबी गरेको छ ।

अपराध संहिताको दफा २१९ को उपदफा (३) को देहाय (ङ) मा १८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरकी महिलालाई जबरजस्ती करणी गरेको प्रमाणित भएमा ७ वर्षदेखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

गिरीविरुद्ध उनकै एक महिला अनुयायीले बलात्कार आरोप लगाएकी थिइन् । पीडित महिलाले प्रहरीमा उजुरी दिएपछि गिरी भने आफू बिरामी भएको भन्दै विराटनगरस्थित एउटा अस्पतालमा भर्ना भएका थिए ।

प्रहरीले गत मंसिर १८ गते गिरीलाई अस्पतालबाटै पक्राउ गरेको थियो । प्रहरीले पक्राउ गरेपछि पनि गिरी भने अस्पतालमै बस्दै आएका थिए ।

चिकित्सकहरुले उनलाई मुटुसम्बन्धी रोगको समस्या रहेको बताउँदै आएका छन् । तर, पीडित पक्षले भने गिरीले घटनालाई प्रभावित पार्न अस्पतालमा बसेर विभिन्न प्रकारका चलखेल गरिरहेको आरोप लगाएका छन् ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  १ : ३६ बजे

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, दुईजनाको मृत्यु

काठमाडौँ– इन्डोनेसियाको पूर्वी क्षेत्रमा पर्ने फ्लोरेस द्वीप नजिकै ७.७ म्याग्निच्युडको

शिक्षा मन्त्रालयले सातवटै प्रदेशमा शिक्षा संवाद गर्दै, पहिलो कार्यक्रम आज विराटनगरमा

काठमाडौँ– शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातवटै प्रदेशमा पुगेर

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना

बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल