प्रधानमन्त्री ओली अस्पतालमा, मिर्गौलाको डायलाइसिस गरियो « Khabarhub

प्रधानमन्त्री ओली अस्पतालमा, मिर्गौलाको डायलाइसिस गरियो


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका छन् ।

नियमित स्वास्थ्य परीक्षण तथा मिर्गौलाको डायलाइसिसका लागि प्रधानमन्त्री ओली मनमोहन मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका हुन् । अस्पताल स्रोतका अनुसार प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलासिस सकिएको छ ।

गत मंसिर १० गते एपेन्डिसाइटिसको शल्यक्रिया पछि प्रधानमन्त्री ओली अहिले आराममा छन् ।

१० दिनको अस्पताल बसाईपछि १९ मंसिरमा डिस्चार्ज भएका ओली त्यसयता शुक्रबार दोस्रोपटक मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका हुन् ।

प्रधानमन्त्री ओली मंसिर २४ गते (मंगलबार) पनि मिर्गौलाको डायलाइसिसका लागि अस्पताल गएका थिए ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  ३ : ०३ बजे

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, दुईजनाको मृत्यु

काठमाडौँ– इन्डोनेसियाको पूर्वी क्षेत्रमा पर्ने फ्लोरेस द्वीप नजिकै ७.७ म्याग्निच्युडको

शिक्षा मन्त्रालयले सातवटै प्रदेशमा शिक्षा संवाद गर्दै, पहिलो कार्यक्रम आज विराटनगरमा

काठमाडौँ– शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातवटै प्रदेशमा पुगेर

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना

बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल