ए डिभिजन लिग : हिमालयन शेर्पामाथि आर्मीको पुनरागमन जीत « Khabarhub

ए डिभिजन लिग : हिमालयन शेर्पामाथि आर्मीको पुनरागमन जीत


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शहिद स्मारक ए डिभिजन लिगमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गरेको छ ।

शुक्रबार सातदोबोटोस्थित एन्फा कम्लेक्समा भएको खेलमा आर्मीले हिमालयन शेर्पालाई २–० गोल अन्तरले पराजित गरेको हो ।

आर्मीका लागि कप्तान भारत खवास र टेक बहादुर बुढाथोकीले एक–एक गोल गरे । पहिलो हाफमा हिमालयन शेर्पाले उत्कृष्ट खेल्दै आर्मीलाई गोलरहित बराबरी रोक्न सफल भएको थियो । तर, खेलको ५७ औ मिनेटमा भरत खवासले गोल गर्दै टिमलाई अग्रता दिलाए ।

त्यसको ठिक ४ मिनेटपछि अर्थात् ६१ औं मिनेटमा आर्मीका टेक बहादुर गोल गर्दै अग्रता दोब्बर पारेका थिए ।

यसअघिको आर्मी आफ्नो दोस्रो खेलमा मनाङ–मस्र्याङ्दी क्लबसँग पराजित भएको थियो । पहिलो खेलमा जीत हात पारेको आर्मी दोस्रो खेलमा पराजित भएपनि तेस्रो खेलबाट पुन आर्मीले लय समातेको छ ।

यो जितसँगै आर्मीले लिगमा तीन खेलमा दोस्रो जित हासिल गरेको छ । आर्मीको तीन खेलमा २ जित र एक हारसहित ६ अंक भएको छ ।
त्यस्तै हिमालयन शेर्पाले भने लगातार तेस्रो खेलमा हार बेहोरेको छ ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  ३ : १७ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका