पर्यटकलाई बग्गीमा राखेर नगर परिक्रमा गराइने | Khabarhub Khabarhub

पर्यटकलाई बग्गीमा राखेर नगर परिक्रमा गराइने


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– नेपाल भ्रमण २०२० को पहिलो दिन पश्चिमी सीमा नाका गड्डाचौकी भएर नेपाल प्रवेश गर्ने पहिलो पर्यटकलाई विशेष सम्मान गरी भीमदत्त बजार परिक्रमा गराइने भएको छ ।

भीमदत्त नगरपालिकाले भ्रमण वर्षको पहिलो दिन आउने पर्यटकलाई गड्डाचौकीमा सम्मान गरी बग्गीमा राखेर बजार परिक्रममा गराउने भएको हो ।

नगर प्रमुख सुरेन्द्र विष्टले कार्यालय प्रमुखको बैठकबाट पश्चिमी सीमा नाका भएर आउने पहिलो पर्यटकलाई सम्मान गरी बग्गीमा बजार परिक्रमा गराउने निर्णय गरिएको जानकारी दिए ।

“नेपाल भ्रमण वर्ष देशको पर्यटन प्रवद्र्धन मात्रै नभएर देशको मान सम्मानसित पनि जोडिएकाले यसलाई सफल बनाउन पर्यटकलाई विशेष सम्मान दिन लागेका छौँ ”, नगर प्रमुख विष्टले भने, “नाकाबाट नेपाल छिर्ने पहिलो पर्यटकलाई सम्मान गर्ने र बजार परिक्रमा गराउने निर्णय गरिएको छ । त्यस दिन पर्यटकको भोजन तथा आवासको समेत व्यवस्था गरिएको छ ।”

नगर प्रमुख विष्टको अध्यक्षतामा बसेको बैठकले सरसफाइ, सुरक्षा व्यवस्थापन, ट्राफिक व्यवस्थापन, पर्यटकीय स्थानमा साङ्केतिक चिह्न राख्ने, प्रचारप्रसारका सामग्री वितरण गर्ने, खाली सरकारी जग्गामा वृक्षरोपण गर्ने, होटल सफा सुग्घर र चिटिक्क बनाउनेलगायतका निर्णयसमेत गरेको छ ।

भ्रमण वर्षकै अवसरमा नगरपालिकाको ‘ग्रिन सिटी, क्लिन सिटी’को नाराअनुसार खाली जग्गामा वृक्षरोपण गर्न लागिएको हो । नगरपालिकाले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न सन् २०१९ लाई प्रचार र पूर्वाधार वर्षका रुपमा मनाएको छ । पर्यटकीय स्थानसम्म पहुँच मार्ग निर्माण, होर्डिङ बोर्ड, रौटेलामा त्रिशूल स्थापना, गड्डाचौकीमा ७७ फिटको नेपाली राष्ट्रिय झण्डा राख्नेलगायतका कार्य गरिएका छन् ।

यसैगरी भीमदत्तनगर गड्डाचौकी सडक खण्ड चौडा बनाउन सडक डिभिजन कार्यालयसित पहल गरिएको छ । नगर क्षेत्रका पर्यटकीय स्थानमा सरसफाइका लागि स्वच्छ काष्ठमण्डका अभियन्ता केपी खनालको नेतृत्वमा सरसफाइसम्बन्धी सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट सरसफाइ अभियान सञ्चालन गरिएको हो । भीमदत्तनगरको बजार क्षेत्रलाई सफा र चिटिक्क बनाउन ठेला व्यवस्थापन गरिएको छ ।

चुरे फेदका सबै धार्मिक पर्यटकीयस्थल जोडिने गरी धार्मिक जैविक पर्यटकीय मार्ग र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज किनार शुक्लाफाँटा पर्यटन मार्ग निर्माण गरिएको छ । पुस १५ गते जैविक धार्मिक पर्यटकीय मार्गमा ‘हाफ म्याराथन प्रतियोगिता’ आयोजना गरिएको छ ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  ४ : २२ बजे

बत्तीमा झल्किएको मत्या पर्व- दिवंगत आत्माको स्मरण

काठमाडौं – मत्यास्पर्व पाटनका नेवार समुदायको एक अनौठो र मनमोहक

विश्वासको मत लिँदै बागमतीका नवनियुक्त मुख्यमन्त्री बानियाँ

हेटौँडा – बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभामा विश्वासको

हलिउड फिल्मको गुणस्तर घटेको ज्याकी च्यानको खुलासा

काठमाडौं – एक्शन सुपरस्टार ज्याकी च्यानले आधुनिक हलिउड फिल्मको गुणस्तरमा

रोकिएन कालीगण्डकी दोहन

बागलुङ – बर्खायाममा नदीजन्य पदार्थ ठेक्कामा निकाल्न नपाइने प्रावधान छ।

सप्तकोसी पानीको बहाव बढ्यो : १९ ढोका खुला

सुनसरी – पूर्वी पहाडी तथा तराईका जिल्लामा भएको वर्षाले सप्तकोसी