चिकित्सा शिक्षाको स्नातक तहमा भर्ना प्रक्रिया शुरु गर्न आयोगको निर्देशन « Khabarhub

चिकित्सा शिक्षाको स्नातक तहमा भर्ना प्रक्रिया शुरु गर्न आयोगको निर्देशन


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातक तहको नयाँ शैक्षिक शत्रका लागि भर्ना प्रक्रिया अघि बढाउन त्रिभुवन विश्व विद्यालय, काठमाडौं विश्व विद्यालय, प्रतिष्ठान तथा मेडिकल कलेजहरुलाई निर्देशन दिएको छ ।

आयोगले शुक्रबार एक विज्ञाप्ति जारी गर्दै विश्व विद्यालय र प्रतिष्ठानलाई काउन्सिलिङ गरी भर्ना प्रक्रिया अघि बढाउन निर्देशन दिएको जनाएको छ ।

आयोगले काठमाडौं विश्वविद्यालय र त्यसका मातहतमा रहेका निजी मेडिकल कलेजहरुलाई शिक्षा मन्त्रालयलाई दिनुपर्ने छात्रवृत्तिको सिट बाहेक अन्य सिटमा काउन्सिलिङ गरी विद्यार्थी छनोट तथा भर्ना गर्न निर्देशन दिएको छ ।

यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई भने शिक्षा मन्त्रालयबाट ७५ प्रतिशत छात्रवृत्तिको सिट बाहेक अन्य सिटको लागि मात्र भर्ना प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ ।

यस्तै त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान र मातहतका आंगिक संस्थाका लागि चिकित्सा शिक्षाको स्नातक तहमा ७५ सिट बाहेक र त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान मातहतका निजी मेडिकल कलेजलाई उपलब्ध सिट मध्ये छात्रवृत्तिको सिट संख्या बाहेकमा भर्ना प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो ।

यसअघि शिक्षा मन्त्रालय र आयोगले छात्रवृत्तिको छनौंटमा पर्ने र शुल्क तिरेर अध्ययन गर्ने सबै विद्यार्थीलाई एकैपटक काउन्सिलिङ र भर्ना प्रक्रिया अघि बढाउने तयारी गरेको थियो । तर आयोगको तयारी नपुगेपछि छात्रावृत्ति बाहेकका विद्यार्थीको भर्ना प्रक्रिया तत्काल शुरु गर्न लागिएको हो ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  ८ : २४ बजे

विश्वकप फाइनल : सबैको नजर मेस्सी र यामालमा

काठमाडौं – फिफा विश्वकप २०२६ को उपाधि भिडन्तमा साविक विजेता

देशका विभिन्न स्थानबाट लागूऔषधसहित २२ जना पक्राउ

काठमाडौं – नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट

भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी

काठमाडौं – काठमाडौं जिल्ला प्रशासन कार्यालयले मनसुन सक्रिय बाढीपहिरो, डुवानको

भारी वर्षाको जोखिमपछि हेटौंडा–काठमाडौं रात्रिकालीन सवारी बन्द

हेटौंडा– जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडाबाट काठमाडौं जाने रात्रिकालीन सवारी

शैलुङका अवैध घरटहरा हटाउन १५ दिने अल्टिमेटम

दोलखा- शैलुङ गाउँपालिकाले शैलुङ डाँडा तथा आसपासका क्षेत्रमा अनुमति बिना