चिकित्सा शिक्षाको स्नातक तहमा भर्ना प्रक्रिया शुरु गर्न आयोगको निर्देशन « Khabarhub

चिकित्सा शिक्षाको स्नातक तहमा भर्ना प्रक्रिया शुरु गर्न आयोगको निर्देशन


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातक तहको नयाँ शैक्षिक शत्रका लागि भर्ना प्रक्रिया अघि बढाउन त्रिभुवन विश्व विद्यालय, काठमाडौं विश्व विद्यालय, प्रतिष्ठान तथा मेडिकल कलेजहरुलाई निर्देशन दिएको छ ।

आयोगले शुक्रबार एक विज्ञाप्ति जारी गर्दै विश्व विद्यालय र प्रतिष्ठानलाई काउन्सिलिङ गरी भर्ना प्रक्रिया अघि बढाउन निर्देशन दिएको जनाएको छ ।

आयोगले काठमाडौं विश्वविद्यालय र त्यसका मातहतमा रहेका निजी मेडिकल कलेजहरुलाई शिक्षा मन्त्रालयलाई दिनुपर्ने छात्रवृत्तिको सिट बाहेक अन्य सिटमा काउन्सिलिङ गरी विद्यार्थी छनोट तथा भर्ना गर्न निर्देशन दिएको छ ।

यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई भने शिक्षा मन्त्रालयबाट ७५ प्रतिशत छात्रवृत्तिको सिट बाहेक अन्य सिटको लागि मात्र भर्ना प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ ।

यस्तै त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान र मातहतका आंगिक संस्थाका लागि चिकित्सा शिक्षाको स्नातक तहमा ७५ सिट बाहेक र त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान मातहतका निजी मेडिकल कलेजलाई उपलब्ध सिट मध्ये छात्रवृत्तिको सिट संख्या बाहेकमा भर्ना प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो ।

यसअघि शिक्षा मन्त्रालय र आयोगले छात्रवृत्तिको छनौंटमा पर्ने र शुल्क तिरेर अध्ययन गर्ने सबै विद्यार्थीलाई एकैपटक काउन्सिलिङ र भर्ना प्रक्रिया अघि बढाउने तयारी गरेको थियो । तर आयोगको तयारी नपुगेपछि छात्रावृत्ति बाहेकका विद्यार्थीको भर्ना प्रक्रिया तत्काल शुरु गर्न लागिएको हो ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  ८ : २४ बजे

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच