सिद्धबाबाले अदालतमा भने– बलात्कार गरेको छैन, आवाज नक्कल गरेर अडियो बनाइयो « Khabarhub

सिद्धबाबाले अदालतमा भने– बलात्कार गरेको छैन, आवाज नक्कल गरेर अडियो बनाइयो


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इनर्वा– आफ्नै महिला अनुयायीमाथि जबरजस्ती करणी (बलात्कार) गरेको अभियोग लागेका सिद्धबाबा भनिने कृष्णदास गिरीले अदालतमा इन्कारी बयान गरेका छन् ।

प्रहरीको अनुसन्धानपछि बिहीबार जिल्ला सरकारी वकिल कार्यालयले अभियोग पत्र दायर गरेपछि शुक्रबार जिल्ला अदालत सुनसरीमा कृष्णदासको बयान लिइएको थियो ।

अदालती बयानका क्रममा उनले आफूमाथि झुटो आरोप लगाइएको बताएका छन् ।

बयानका क्रममा पीडित महिलासँग उनले गरेको संवादसहित अडियो समेत प्रस्तुत गरिएको थियो । जुन अडियोमा कृष्णदासले पीडित महिलासँग क्षमायाचना गर्दै आफूबाट गल्ती भएको स्वीकार गरेको सुनिन्छ ।

अदालती बयानका क्रममा भने कृष्णदासले उक्त अडियोमा कसैले आफ्नो आवाज नक्कल गरेर ती कुराहरु बोलेको बताएका छन्।

प्रहरीसँगको साविती बयानमा पनि कृष्णदासले आफूमाथिको आरोप अस्वीकार गरेका थिए ।

जिल्ला अदालत सुनसरीका प्रवक्ता गोपाल प्रसाद गिरीका अनुसार शुक्रबार कृष्णदासको बयान सकिएको छ ।

शुक्रबार जिल्ला अदालत सुनसरीका प्रमुख न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलाशमा कृष्णदासको बयान लिइएको थियो ।

अब आइतबार कृष्णदासको थुनछेक हुने अदालतले जनाएको छ । कृष्णदासको थुनछेक बहसमा वकालत गर्नका लागि अहिलेसम्म १० जना वकिलहरुले आफ्नो वकालतनामा दर्ता गराएका जिल्ला अदालत सुनसरीका प्रवक्ता गिरीले खबरहबलाई जानकारी दिए ।

वकालतनामा दर्ता गराउनेमध्ये ६ जना सरकारी वकिल छन् भने ४ जना कृष्णदासको तर्फबाट कानून व्यवसायीहरु छन् ।

जिल्ला सरकारी वकिल कार्यालयले गिरीविरुद्ध फौजदारी अपराध संहिताको दफा २१९ को उपदफा (३) को देहाय (ङ) बमोजिम अधिकत्तम १० वर्ष कैद सजाय मागदाबी गरेको छ ।

अपराध संहिताको दफा २१९ को उपदफा (३) को देहाय (ङ) मा १८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरकी महिलालाई जबरजस्ती करणी गरेको प्रमाणित भएमा ७ वर्षदेखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

गिरीविरुद्ध उनकै एक महिला अनुयायीले बलात्कार आरोप लगाएकी थिइन् । पीडित महिलाले प्रहरीमा उजुरी दिएपछि गिरी भने आफू बिरामी भएको भन्दै विराटनगरस्थित एउटा अस्पतालमा भर्ना भएका थिए ।

प्रहरीले गत मंसिर १८ गते गिरीलाई अस्पतालबाटै पक्राउ गरेको थियो । प्रहरीले पक्राउ गरेपछि पनि गिरी भने अस्पतालमै बस्दै आएका थिए ।

चिकित्सकहरुले उनलाई मुटुसम्बन्धी रोगको समस्या रहेको बताउँदै आएका छन् । तर, पीडित पक्षले भने गिरीले घटनालाई प्रभावित पार्न अस्पतालमा बसेर विभिन्न प्रकारका चलखेल गरिरहेको आरोप लगाएका छन् ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  ५ : ४१ बजे

बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

दशरथचन्द (बैतडी)- बैतडीमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक

कांग्रेसको आधिकारिकता विवादमा सुनुवाइ सकियो, फैसला आउन बाँकी

काठमाडौँ– नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादको मुद्दामा सुनुवाइ सकिएको छ। शुक्रबार सर्वोच्च

चालू आर्थिक वर्षभित्रै सक्नेगरी यातायात विभाग र मुद्रण केन्द्रबीच १७ लाख लाइसेन्स छाप्ने सम्झौता

काठमाडौं- यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच १७ लाख

अमेरिकी नाकाबन्दी तोड्दै इरानका तीन ट्यांकर होर्मुजबाट निस्किए

काठमाडौं- अमेरिकी नाकाबन्दीका बावजुद पनि इरानका तीनवटा तेल ट्यांकर होर्मुज

कांग्रेसले छान्‍न सकेन दलको नेता, अब शीर्ष नेताले सहमति जुटाउने

काठमाडौं- नेपाली कांग्रेसले शुक्रबार पनि संसदीय दलको नेता चयन गर्न