नाङ्गै रहेका जलपरीको स्तन छोपिएपछि... | Khabarhub Khabarhub

नाङ्गै रहेका जलपरीको स्तन छोपिएपछि…


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जकार्ता– इण्डोनेशियाको एउटा थिम पार्कका सञ्चालकहरुले पूर्वीय मूल्य मान्यताको रक्षा गर्न भन्दै त्यहाँ सजाइएका दुई जलपरीको प्रतिमामा नाङ्गै रहेको स्तन छोपिदिएपछि बहस चर्किएको छ ।

राजधानी जकार्तामा रहेको अङ्कोल ड्रिकल्याण्ड नामक थिम पार्कका सञ्चालकहरुले त्यहाँ रहेका दुई जलपरीको प्रतिमामा यसअघि नाङ्गै रहेको स्तनमा सुनौलो कपडाले छोपेजस्तो देखिने बनाएका थिए । थिम पार्कको यस्तो कदमपछि जकर्ताताका स्थानीयहरुले सरकारी अधिकारीको दबाबमा आएर त त्यसो गरिएको होइन ? भन्ने प्रश्न पनि उठाइरहेको बीबीसीले जनाएको छ ।

तर, थिम पार्क सञ्चालकहरुले भने जलपरीको प्रतिमालाई छोप्नेगरी कुनै वाह्य दबाब नआएको, अघिल्लो वर्ष नै यस्तो निर्णय गरिएको र त्यसको कार्यान्वयन भने हालैमात्र गरिएको स्पष्ट पारेका छन् ।

थिम पार्कका सञ्चालकहरुले पूवीर्य मूल्य मान्यतालाई जोगाउन र पार्कलाई पारिवारिक वातावरणमैत्री बनाउनका लागि त्यसो गरिएको बताएका छन् ।

तर, जलपरीको प्रतिमा निर्माण गर्ने मूर्तिकारले भने जलपरीको स्तन छोपेर थिम पार्क सञ्चालकहरुले मानिसहरुलाई कलाको सुन्दरता लुकाएको आरोप लगाएका छन् ।

त्यस्तै, थिम पार्क भ्रमण गर्न आउने मानिसहरु पनि जलपरीको स्तन छोपिएको देखेर आश्चर्यमा परेको बीबीसीले जनाएको छ । थिम पार्क घुम्न आउने मानिसहरुले भने जलपरीको स्तनले आफूहरुलाई कुनै नकारात्मक प्रभाव नपर्ने प्रतिक्रिया दिएका छन् ।

‘पार्क समुद्र किनारमा छ, उनीहरु जलपरी हुन्, जलपरीहरुले त्यसरी कपडाले छोपिएका हुन्नन्,’ थिम पार्क घुम्न आउने एक जनालाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  ३ : १९ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार