बोटेफ्लिका राष्ट्रपतिका लागि योग्य वा अयोग्य, फैसला हुँदै | Khabarhub Khabarhub

बोटेफ्लिका राष्ट्रपतिका लागि योग्य वा अयोग्य, फैसला हुँदै


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अल्जेरिया– अल्जेरियाको संवैधानिक परिषद्ले अब्देलाजिज बोटेफ्लिकालाई राष्ट्रपतिको पाचौँ कार्यकालका लागि योग्य रहे–नरहेको बारे बुधबार फैसला गर्दैछ ।

राष्ट्रपति बोटेफ्किाले पाचौँ कार्यकालका समेत राष्ट्रपतिमा उम्मेद्वारी दिएपछि त्यसकाविरुद्ध व्यापक जनप्रदर्शन भइरहेका बेला त्यहाँको संवैधानिक परिषद्ले फैसला गर्न लागेको हो ।

सन् १९९९ यता राष्ट्रपतिको जिम्मेवारीमा रहेका बोटेफ्लिकाले आगामी महिना हुने राष्ट्रपतीय निर्वानका लागि समेत उम्मेद्वारी दिएका छन् । तर, सन् २०१३ मा उनलाई मष्तिष्कघात भएपछि उनी सार्वजनिक कार्यक्रममा दुर्लभ रुपमा मात्र देखा पर्दै आएका छन् भने उनी ह्विलचिरको मद्दतमा हिँडडुल गर्ने गरेका छन् ।

उनले सत्तालोलुपता देखाएको भन्दै अल्जेरियाको समाजका विभिन्न क्षेत्रबाट उनीप्रति असन्तोष र विरोध भइरहेको बताइएको छ । उनीमाथि चरम अनियमितता र भ्रष्टाचारको पनि आरोप लाग्ने गरेको छ । उनको विरोध गर्दै उनकै पार्टीका प्रभावशाली नेताहरुले पनि उनलाई समर्थन नगर्ने सार्वजनिक रुपमै घोषणा गरिसकेका छन् ।

मंगलबारमात्र अल्जेरियाको सेनाका सेनापति लेफ्टिनेन्ट जनरल अहमद गएद सलाहले राष्ट्रपति बोटेफ्लिकाले स्वास्थ्य अवस्थाका आधारमा पद त्याग गर्नुपर्ने घोषणा गरेका थिए । सेनापतिको यस घोषणालाई कुनै राजनीतिक वा संवैधानिक संकट आइपरेका बेला सेनाले राष्ट्रपतिलाई सहयोग गर्न नसक्ने सङ्केतका रुपमा समेत हेरिएको छ ।

संवैधानिक परिषद्को फैसलाले अल्जेरियाको राजनीतिमा विशेष प्रभाव पार्ने भएपनि त्यसलाई पूर्ण रुपमा अनुमोदन गर्न मुलुकको संसद्को तल्लो र माथिल्लो दुबै सदनले दुई तीहाई बहुमतबाट पारित गर्नुपर्ने प्रावधान रहेकाले त्यो तत्काल संभव भने नरहेको बताइन्छ ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  ४ : १६ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस