चीन जोड्ने सडक निर्माणको जिम्मा सेनालाई दिन प्रधानमन्त्रीलाई ज्ञापन « Khabarhub

चीन जोड्ने सडक निर्माणको जिम्मा सेनालाई दिन प्रधानमन्त्रीलाई ज्ञापन


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीन जोड्ने दार्चुला खलंगा–तिंकर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिन दार्चुलाबाट संघीय संसद र सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् ।

बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेटेर दार्चुलाका संघीय संसद र सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेपाल कम्युनिस्ट पार्टीका जनप्रतिनिधिले चीनको ताक्लाकोट जोड्ने सडक निर्माणको जिम्मा सेनालाई दिने निर्णय गरिदिन अनुरोध गरेका हुन्।

संघीय संसद प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाले भने, ‘विस्फोटक पदार्थको अभाव र ठेकेदारहरूको ढिलासुस्तीले सडक निर्माण कार्यमा ढिलाइ भएकाले आगामी आर्थिक वर्षबाट दार्चुला तिंकर सडक नेपाली सेनामार्पत संचालनका लागि निर्णय गरिदिनुहुन प्रधानमन्त्रीज्यूसमक्ष अनुरोध गरिएको हो।’

नेपाली र भारतीय हिन्दुधर्मावलम्बीको पवित्र धार्मिक धाम मानसरोवर जोड्ने र चीनसँगको व्यापारिक दृष्टिले पनि महत्वपूर्ण सडक भएकाले यसको निर्माण छिटो होस् भनेर सेनालाई दिन माग गरिएको सांसद ठगुन्नाले बताए। उनले विस्फोटक पदार्थको अभावले सडक निर्माण ढिलाई भएको र विस्फोटक जिलेटिन सेनामार्फत मात्रै प्राप्त हुने भएकाले पनि यो सडक निर्माणको जिम्मा सेनालाई दिनुपर्ने बताए।

खलंगा–तिंकर सडकखण्डको ४० किलोमिटर ट्य्राक खोलिएको छ। करिब १४० किलोमिटर सडकको बाँकी ट्य्राक खोल्ने काम नै बाँकी रहेको छ। यो सडकको काम आर्थिक वर्ष २०६७र६८ बाट शुरु भएको हो। यसको अहिले सात किलोमिटर सडक खण्डाको स्तरोन्नतिको काम चलिरहेको छ।

गोकुलेश्वर एयरपोर्ट संचालन गर्न माग

दार्चुलाबाट प्रदेश र संघीय संसदमा प्रतिनिधित्व गर्ने नेकपाका जनप्रतिनिधिहरूले दार्चुलाको गोकुलेश्वरमा रहेको एयरपोर्ट पुनः संचालनमा ल्याउन प्रधानमन्त्रीसमक्ष ज्ञापन बुझाएका छन्।

लामोसमयदेखि क्षतिग्रस्त अवस्थामा रहेकाले उक्त विमानस्थल पुनः संचालनका लागि बजेट व्यवस्थापन गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको हो।

दार्चुलाबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने नेकपाका सांसद वगणेशसिंह ठगुन्ना, सुदूरपश्चिम प्रदेशकी उपसभामुख निर्मला जोशी बडाल, सुदूरपश्चिम प्रदेशसभा सदस्य मानबहादुर धामी र गेल्बुसिंह बोहराले प्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाएका हुन्।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  १० : ४० बजे

खानेपानी उपभोक्ता समितिलाई क्षमता विकास तालिम

काठमाडौं– राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि

नवलपरासीमा आगलागी : बाह्र घर जले, चार  करोड बढीको क्षति

नवलपरासी– पश्चिम नवलपरासीको प्रतापपुर– ५ भैरमपुरका १२ घर जलेका छन्

म्याग्दीको जलजलामा आन्तरिक पर्यटकको चहलपहल

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–२ मा रहेको जलजलामा पर्यटकको चहलपहल बढ्न

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ– नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

सिक्टा सिँचाइ आयोजनाद्वारा २४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा

बाँके– सिँचाइ सुविधाको विस्तारसँगै बाँकेका किसानले वर्षमा तीन बाली खेती