९ लाख नेपाली बेरोजगार, श्रमबजारमा ८० लाख « Khabarhub

९ लाख नेपाली बेरोजगार, श्रमबजारमा ८० लाख


१४ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ९ लाख ८ हजार नेपाली बेरोजगार छन्। तीमध्ये पाँच लाख ११ हजार पुरुष र तीन लाख ९७ हजार महिला छन्। श्रम बजारमा हाल ८० लाख नेपाली उपलब्ध छन्। केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको श्रमशक्ति सर्वेक्षण, २०१९ अनुसार बेरोजगारी दर ११.४ प्रतिशत रहेको अन्नपूर्णसहित आजका सबैजसो दैनिक पत्रिकामा खबर छ। यसअघि सन् २००८ मा बेरोजगारी दर २.८ प्रतिशत र सन् १९९८ मा १.९ प्रतिशत थियो। अघिल्ला सर्वेक्षणमा स्वयंसेवकका रूपमा काम गर्नेलाई पनि रोजगार मानिएकाले बेरोजगारी दर कम रहेको केन्द्रीय तथ्यांक विभागका उपमहानिर्देशक नेबिललाल श्रेष्ठले बताए।

पछिल्लो सर्वेक्षणअनुसार ७० लाख ८६ हजार जनसंख्यामा रोजगारीको पहुँच पुगेको छ। यसपटक विभागले वस्तु तथा सेवा उत्पादन र त्यसको उपभोग तथा नाफा आर्जन गर्ने क्रियाकलापलाई मात्र रोजगार मानेको छ।

मुलुकमा १५ वर्षभन्दा बढी उमेरका दुई करोड सात लाख ४४ हजार जनसंख्या छ। त्यसमध्ये ७९ लाख ९४ हजारको संख्यामा श्रमशक्ति बजारमा उपलब्ध छ। यीमध्ये झन्डै ४३ लाख वैदेशिक रोजगारीमा रहेको तथ्यांक छ। बाँकी श्रमशक्तिबाट मुलुकमा रोजगारी पाएका ६२.२ प्रतिशत अनौपचारिक क्षेत्रमा काम गर्छन्।

विभागका तथ्यांक अधिकृत पृथ्वीविजयराज सिजापतिले अघिल्लो सर्वेक्षणभन्दा यसपटकको सर्वेक्षणमा बेरोजगार दर बढेको बताए। यसपालिको सर्वेक्षणले निर्वाह कृषिलाई रोजगार मानेको छैन। अघिल्लो सर्वेक्षणमा आफ्नै उपभोगका लागि खेतीपाती, पशुपालन तथा पारिवारिक उपयोगका लागि वस्तु उत्पादन कार्यमा संलग्न व्यक्तिलाई रोजगारमा गणना गरिएको थियो।

तीरैतीर भीरैभीर शीर्षकको समाचारमा तल बूढीगण्डकी। माथितिर अग्ला पहाड। भीरको बाटो, कोही भारी बोकेका, कोही पर्यटक र कोही पथप्रदर्शक। बेलाबेलामा सुख्खा पहिरो झरिरहन्छ। तैपनि यात्रीलाई गन्तव्यमा पुग्नै हतार छ। जिल्लाको चुमनुब्री गाउँपालिका ६ बिहीगाउँको भीरमा सदीयौंदेखि यसरी नै असुरक्षित आवतजावत भइरहेको छ।

‘कति पटक पर्खाल लगाउने ? हैरान भइयो’, बाटोको पहिरो उकास्न पर्खाल लगाउँदाको दुःख सुनाउँदै चुमनुब्री गाउँपालिका ५ का वडाअध्यक्ष सोनाम ग्याल्जेन भन्छन्, ‘अस्ति भर्खर पर्खाल लगाइरहेका बेला पहिरो खसेर एकजनाको कान च्वाट्टै लग्यो। सबै भागाभाग भए। अब त गाउँले पनि पर्खाल लगाउन आउन मान्दैनन्।’

चुमनुब्री गाउँपालिकाका कुनै पनि वडा सडक सञ्जालले जोडेको छैन। पदमार्ग पनि सुख्खा पहिरो खसिरहेका कारण ज्यादै जोखिम रहेको स्थानीय जनप्रतिनिधिको भनाइ छ। बाटोमा स्थानीयबासी र मनास्लु क्षेत्रमा आउने हजारौं विदेशी पर्यटक असुरक्षित आवतजावत गर्न बाध्य छन्।

गाउँपालिकाको बजेटले पहिरो नियन्त्रण गर्न सम्भव नरहेको चुमनुब्री ४ का वडा अध्यक्ष पेमा डुण्डुप लामा बताउँछन्। ‘सरकारबाट टाढा भइयो। अरू सेवासुविधा त भएन, बाटो पनि ज्यानको माया मारेर हिँड्नुपर्छ’, उनले भने, ‘गाउँपालिकाको, वडाको बजेटले पहिरो नियन्त्रण गर्न सम्भव छैन।’ सुख्खा पहिरोले वर्षैपिच्छे स्थानीय तथा विदेशी नागरिकको ज्यान लिने गरेको उनले बताए।

त्यस्तै राष्ट्रपतिले चीनमा गरेको सम्बोधन, राजपाको महाधिवेशन कार्तिकमा, नागरिकता रोक्न सर्वोच्चको आदेश लगायतका समाचार प्राथमिकतामा छापेको छ।

प्रकाशित मिति : १४ बैशाख २०७६, शनिबार  ६ : ४१ बजे

फ्रान्सलाई सजिलोसँग हराउँदै स्पेन विश्वकपको फाइनलमा

काठमाडौं-स्पेन फिफा विश्वकपको पहिलो सेमिफाइनलमा फ्रान्सलाई २-० ले पराजित गर्दै

विभिन्न अस्पताल र बोर्डका लागि अन्तर्वार्ताका लागि छनोट भएकाको सूची सार्वजनिक

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न सार्वजनिक निकायका

उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयले सशस्त्र

किन भयो प्रतिनिधिसभा बैठकको समय परिवर्तन ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बिहान बोलाइएको बैठकको समय परिवर्तन गरिएको

पूर्वसचिव जोशीको निधन

काठमाडौँ । सहरी योजनाकार तथा नेपाल सरकारका पूर्वसचिव डा जीवगर