श्रीलंकामा फेरि विस्फोट, रातभर कर्फ्यू, १५ को मृत्यु | Khabarhub Khabarhub

श्रीलंकामा फेरि विस्फोट, रातभर कर्फ्यू, १५ को मृत्यु


१४ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–श्रीलंकामा फेरि विस्फोट भएको छ । पुनः विस्फोटको समाचार आएपछि प्रहरीले कर्फ्यू लगाएको छ । शुक्रबार साँझ पुनः विस्फोट भएको समाचार सार्वजनिक भएपछि राति १० बजेदेखि बिहान ४ बजेसम्म श्रीलंकाभर कर्फ्यू लगाइएको थियो ।

गत आइतबार इस्टर सन्डे मनाइँरहँदा भएको श्रृखंलावद्ध विस्फोटमा परी २ सय ५३ भन्दा धेरैले ज्यान गुमाएका थिए । सोही शोकमा डुबेका बेला फेरि श्रीलंकाको पूर्वी प्रान्त अम्बारई भएको विस्फोटले स्थानीय त्रसित भएका छन् ।

त्यहाँ तीन विस्फोट भएको अन्तर्राष्ट्रिय सन्चारमाध्यममा उल्लेख छ । विस्फोट गराउने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । घटनास्थलमा सुरक्षाकर्मीले गस्ती तथा खोजी कार्य तीब्र पारेको बीबीसीले जनाएको छ ।

त्यस्तै सीएनएनले विस्फोटपछि प्रहरीले गरेको सर्च अभियानमा दोहोरो फायरिङ हुँदा १५ जना मारिएका छन् । मारिने बिद्रोहीहरु रहेको प्रहरीको दाबी छ।

आइतबारको घटनाका मुख्य योजनाकर्ता मानिएका जहरान हाशिमलाई त्यही क्षेत्रको एउटा गाउँमा भेटेको थियो । प्रहरीले अहिलेसम्म सात जनालाई फक्राउ गरी अदालतमा पेस गरेको छ ।

यो पनि पढ्नुहोस्

श्रीलंकामा ज्यान गुमाउनेको संख्या एक सय बढी घटाइयो

इस्लामिक स्टेटका १४० ‘एजेन्ट’को खोजी गर्दै श्रीलंकाली प्रहरी

श्रीलंका आक्रमणपछि इस्लामिक स्टेटको सन्त्रासमा दक्षिण एशिया !

प्रकाशित मिति : १४ बैशाख २०७६, शनिबार  ८ : १९ बजे

भन्सार विभागमा धर्ना बसेका आजपाका कार्यकर्ता प्रहरीको हिरासतमा

काठमाडौं– भन्सारको लूटकारी व्यवस्थाविरुद्ध आम सम्पर्क मञ्चद्वारा भन्सार विभागमा जारी

ज्ञानुकाको गुनासो- ‘डढेलोले सालको पात बेच्ने र दुना टपरी बनाउनेको रोजीरोटी खोसियो’ 

मन्थली– दिनभर दुनाटपरी बनाएर आफ्नो र आफ्ना बालबालिकाको लागि खर्च

महेश बस्नेतविरुद्धको जाहेरी तामेलीमा राखेपछि उच्च अदालतले माग्यो जवाफ

काठमाडौं- पूर्व उद्योगमन्त्री एवम् नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतविरुद्ध

कोरला नाकामा विद्युत् सेवा विस्तार

म्याग्दी– मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना कोरला नाकामा विद्युत्

कांग्रेसको अडानबीच प्रधानमन्त्री, एमाले अध्यक्ष ओली र गृहमन्त्री लामिछानेबीच वार्ता

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा