अन्तर्राष्ट्रिय ब्याडमिन्टन : नेपालका प्रिन्स सेमिफाइनलमा « Khabarhub

अन्तर्राष्ट्रिय ब्याडमिन्टन : नेपालका प्रिन्स सेमिफाइनलमा


१४ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालका युवा खेलाडी प्रिन्स दाहाल थाइल्याण्डको राजधानी बैंककमा जारी ‘योनेक्स सिङ्गा–रोजा बिटिवाईअन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता’को ब्वाइज यु–१७ को सेमिफाइनलमा प्रवेश गरेका छन् । जितसँगै उनले अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा पदक जित्ने पक्का भएको छ ।

आज सम्पन्न क्वाटरफाइनल खेलमा प्रिन्सले थाइल्याण्डका नाटथप्पे श्रीउनलकलाई २–० सोझो सेटमा पराजित गरेका हुन् । प्रिन्सले पहिलो सेट २१–१३ अङ्कले तथा दोस्रो सेट २१–१४ अङ्कले जितेका हुन । उनले सेमिफाइनलमा आज साँझ भारतीय खेलाडीसँग प्रतिस्पर्धा गर्ने बैंककमा रहेका प्रिन्सका व्यवस्थापक कमलेश निरौलाले जानकारी दिनुभयो । यसअघि प्रिन्सले शुक्रबार क्वाटरफाइनलमा फ्रान्सका लानिर एलेक्स मिचेललाई २१–१९ र २३–२१अङ्कले पराजित गरी अन्तिम आठमा स्थान बनाएका थिए ।

प्रिन्सले यसअघि पहिलो चरणमा जापानका खेलाडीलाई २१–९ र २१–६ अङ्कले, दोस्रो चरणमा थाइल्याण्डका खेलाडीलाई २१–७ र २१–८ अङ्कले, तेस्रो चरणमा मलेसियाका खेलाडीलाई २१–१०, १७–२१ र २१–११ अङ्कले तथा चौथो चरणको खेलमा थाइल्याण्डका खेलाडीलाई २१–१० र २१–१३ अङ्कले पराजित गरेका थिए । प्रिन्सले गतवर्ष असोजमा युनाइटेड अरब इमिरेट्सको दुवईमा सम्पन्न‘दुवई जुनियर इन्टरनेशनल सिरिज’अन्तर्गत पुरुष यु–१५ को उपाधि जितेका थिए ।

अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितमा नेपाली खेलाडीले पाएको यो नैअहिलेसम्मको ठूलो सफलता हो । उनले इण्डोनेशियाका खेलाडी क्रिस्टियनअगस्टिनलाई २१–११ र २१–११ अङ्कले पराजित गरेका थिए । उक्त प्रतियोगितामा भारत, पाकिस्तान, युएई, साउदी अरब, इण्डोनेशिया, स्वीडेन, बेलायत, केन्या, इजिप्ट, बहराइन र अल्जेरियाका खेलाडी सहभागी थिए । प्रिन्सले हालै प्रदेश नं ५ मा सम्पन्न आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा कास्य पदक जितेका थिए ।

प्रकाशित मिति : १४ बैशाख २०७६, शनिबार  १२ : १७ बजे

भूकम्पले रोकिएको नित्य प्रवचन ११ वर्षपछि सुरु

काठमाडौं– विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि बन्द भएको हनुमानढोका दरबार

ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको

‘रवि लामिछानेले बनाएको संयन्त्रलाई सरकार र संविधानले चिन्दैन’

काठमाडौं- नेपाली कांग्रेसका सचेतक निश्कल राई प्रधानमन्त्री बालेन्द्र शाहसँग सहकार्य

मधेशवासी समुदायलक्षित आपत्तिजनक नारा पोतेको आरोपमा एकजना पक्राउ

काठमाडौं- काठमाडौंका सार्वजनिक स्थानमा तराई-मधेशका समुदाय लक्षित आपत्तिजनक नारा लेखेको