चैत्र मसान्तसम्म वार्षिक विन्दुगत उपभोक्ता मुद्रा स्फिति ४ दशमलब ४ प्रतिशत | Khabarhub Khabarhub

चैत्र मसान्तसम्म वार्षिक विन्दुगत उपभोक्ता मुद्रा स्फिति ४ दशमलब ४ प्रतिशत


१४ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– २०७५ चैत्र मसान्तसम्म बार्षिक विन्दुगत उपभोक्ता मुद्रा स्फिति ४ दशमलब ४ प्रतिशत रहेको छ ।

२०७४ चैतमा यो ५ दशमलब ३ प्रतिशत थियो । त्यसैगरी खाद्य तथ पेय पदार्थ समुहको मुद्रास्फिति २ दशमलब ८ प्रतिशत, गैह खाद्य र सेवा समुहको ५।७ प्रतिशत मुद्रास्फिति रहेको छ ।

चैत मसान्त सम्म बैक कारोबारमा आधारित सरकारको वित्तीय स्थिति १७ अर्ब २९ करोड बचतमा छ । संघीय सरकारको कूल खर्चमा ५ सय ९६ अर्ब ६२ करोड पुगेको छ भने यसमध्ये चालु खर्च ४ सय ४७ अर्ब ५५ करोड र पूँजीगत खर्च १ सय ३ अर्ब ४९ करोड रहेको छ । प्रदेश तथा स्थानिय तहमा बाँडफाँड हुने समेत गरि राजश्व संकलन १९५ प्रतिशतले वृद्धि भई ६ सय ४ अर्ब ६० करोड पुगेको छ । बैकका अनुसार २०७५ चैत्र मसान्तमा सम्म बैक तथा वित्तिय संस्थाका ८ हजार २ सय ५ वटा शाखा संख्या रहेको र प्रतिशाखाले ३ हजार ५ सय ६० सेवाग्राहीलाई सेवा दिन सक्ने क्षमता पुगेका छन् ।

फागुन मसान्त सम्मको तथ्यांक अनुसार २ करोड ५७ लाख निक्षेप खाता रहनुको साथै ७ सय २४ स्थानिय तहमा बाणिज्य बैकका शाखाहरु पुगेका छन् । फागुन मसान्त सम्म बैक तथा वित्तिय संस्थामा ३ खर्ब ९ अर्ब निक्षेप संकलन भएकोमा २ खर्ब ७ अर्ब ४९ करोड कर्जा प्रवाह भएको छ । पुर्वाधार र भौतिक क्षेत्रमा लगानीको आवश्यकता पुरा गर्ने उद्देश्यले पूर्वाधार बैक स्थापना गरिएको कार्यक्रममा जानकारी गराईएको थियो । संघीयता कार्यान्वनमा सघाउ पुर्याउने उद्देश्यसाथ राष्ट्रबैकको संस्थागत ढाँचामा परिर्वतन गर्ने क्रममा कर्णाली प्रदेशमा कार्यलय स्थापना गर्ने प्रक्रिया अघि बढाईएको पनि गर्भनर नेपालले जानकारी दिए ।

२०७५र२०७६ को पछिल्लो ८ महिनाको समिक्षामा विस्तृत मुद्रा प्रवाहमा ८।४ प्रतिशत र निक्षेपमा ९।७ प्रतिशत र नीजी क्षेत्रमा १४।६ प्रतिशतले कर्जा बढेको छ । पुर्नकर्जा सुविधालाई प्रभावकारी बनाउन नीतिगत व्यवस्था गर्दै पुर्नकर्जाको सिमा वृद्धि गरि ५० अर्ब पुर्याईएको छ । फागुन मसान्त सम्म पुर्नकर्जाको बक्यौता २४ अर्ब ५२ करोड रहेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७६, शनिबार  ३ : ४४ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका