निता अम्बानीको दैनिकी– ५ लाखको चिया पिउँछिन्, ६४ लाख पर्ने लिपिस्टिक लगाउँछिन् | Khabarhub Khabarhub

निता अम्बानीको दैनिकी– ५ लाखको चिया पिउँछिन्, ६४ लाख पर्ने लिपिस्टिक लगाउँछिन्


१४ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुकेश अम्बानी भारतका सबैभन्दा धनी व्यक्ति हुन् । उनको व्यापार व्यवसाय देखि जीवनशैली सम्मलाई मानिसहरुले पछ्याइरहेका हुन्छन् । मुकेशकी पत्नी हुन् निता अम्बानी । उनको पहिरन, रहनसहन, जीवनयापन अन्य आम महिलाको भन्दा फरक छ । उनको लवाइखुवाइ र जीवनशैलीले सबैलाई आश्चर्यमा पर्ने समाचारहरु भारतीय सञ्चारमाध्यमहरुमा प्रकाशन भएका छन् ।

निता अम्बानीले प्रयोग गर्ने दैनिक उपभोग्य समान, खानपानले सामान्य महिलाको जीवनभरलाई पुग्ने गर्छ भन्यो भने तपाई पत्याउन हुन्न होला तर यो वास्तविकता हो ।

उनले लगाउने कपडा लाखौं मूल्यको हुने गरेको छ । त्यस्तै उनले लगाउने चुरा, गहना, मेकअप किट, लिपिस्टिक, ह्याण्ड व्यागको मूल्य सुन्नु भयो भने त तपाई आश्चर्यमा नै पर्नु हुन्छ । भारतीय अनलाईले उनले प्रयोग गर्ने सामान र खानपानबारे रिपोर्टहरु प्रकाशन गरेका छन् जसलाई हामीले यहाँ प्रस्तुत गरेका छौं ।

५ लाखको चिया !

नीता अम्बानीले दैनिकी चियाबाट सुरु हुन्छ । उनी हरेक विहान जापानको सबैभन्दा पुरानो क्र्रेरी ब्राण्डको नोरिटेकको कपमा चिया पिउँने गर्छिन् । यो कपको मूल्य ३ लाख भारतीय रुपैयाँ (नेपाली रुपैयाँ ४ लाख ८० हजार) पर्ने गरेको छ । उनले पिउने चियाँ विशेष खालको हुने गरेकाे छ ।

कारको सोख

नितालाई मनपर्ने कार ‘मेबेक ६२’ हो । जुन उनका पति मुकेश अम्बानीले उनलाई उपहारको रुपमा लण्डनबाट मगाएका थिए । ‘मेबेक ६२’ कार भारतमा ल्याउने पहिलो व्यक्ति हुन् मुकेश अम्बानी । यसको मूल्य १० करोड भारतीय रुपैयाँ पर्छ ।

जुत्ता
भारतीय सञ्चारमाध्यमहरुका अनुसार निता अम्बानी कहिल्यै पनि दोहोर्याएर जुत्ता लगाउँदिनन् । उनी धेरैजसो गार्सिया, जिम्मी चू, पेलमोडा, पाड्रो, मार्लिन जस्ता ब्राण्डेड जुत्ता लगाउँछिन् । उक्त जुत्ताको मूल्य ५ लाख भारतीय रुपैयाँ पर्ने गरेको छ ।

गर–गहना

उनी परम्परागत गर–गहना लगाउँन मन पराउँछिन् । कार्यक्रमहरुमा भने उनी हिराको औँठी सधैँ लगाउँछिन् । यसको मूल्य करिब ५ देखि ७ लाख भारु पर्छ । उनलाई यो औँठी अम्बानीले प्रेम प्रस्ताव राख्दा दिएका थिए ।

लिपिस्टिक

कार्यक्रमहरुमा नीता अम्बानी निकै आकर्षक रुपमा देखा पर्ने गरेकी छिन् । उनले आफूलाई आकर्ष देखाउन प्रयोग गर्ने मेकअप किट पनि निकै महँगो हुने गरेको छ । उनले लगाउने एउटा लिपिस्टिकको मूल्य ४० लाख भारतीय रुपैयाँ रहेको भारतीय सञ्चारमाध्यमहरुको दाबी छ । जसको नेपाली मूल्य ६४ लाख भन्दा धेरै पर्छ ।

घडीको शोखिन

निता अम्बानीसँग धेरै थरिका ब्राण्डेड घडीहरु रहेका छन् । उनले प्रयोग गर्ने घडीहरुको मूल्य २० लाख पर्छ ।  उनीसँग बुल्गरी, कार्टियर, राडो, गुच्ची, केल्विन क्लाइन र फान्सिल जस्ता ब्राण्डको घडीहरुको संग्रह नै रहेको छ ।

सारी कलेक्शन
उनीसँग अन्य सामान जस्तो महङ्गा सारीको कलेक्शन छ । उनका सारीको चर्चा बारम्बार भइरहन्छ । उनको सारी लगभग ४० लाख बराबरको हुन्छ । उनी अब्बू जानी सन्दीप खोसला, अनामिका खन्ना, मनीष मल्होत्रा जस्ता डिजाइनरले बनाएको सारी लगाउने गर्छिन् ।

व्याग
उनीसँग संसारकै सबैभन्दा महङ्गो व्याग कलेक्शन छ । शनेल, गोयार्ड, जिम्मी चू ब्राण्डका व्यागको मूल्य लगभग ४ लाख भारुबाट सुरु हुन्छ ।

प्रकाशित मिति : १४ बैशाख २०७६, शनिबार  ४ : ३६ बजे

आगजनीबाट जोगियो स्वास्थ्य सेवा विभाग

काठमाडौं–  ‘जेनजी पुस्ता’को प्रदर्शनमा देशभर कैयौँ कार्यालय आगजनीबाट ध्वस्त भए

कुलमानले भने ः तलब-भत्ता सहिदको कोषलाई दिन्छु 

काठमाडौं – नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले तलब, भत्ता र सुविधाबापत

नाना, खाना, छाना गुमेको प्रहरी– ‘माओवादी युद्धमा पनि यस्तो ज्यादती भोगिएन’

काठमाडौं- जेनजी आन्दोलनका नाममा भएको हिंसात्मक प्रदर्शनले उग्ररुप लिएपछि धेरै

सिसिटिभी फुटेजसहित एनसेले दियो प्रहरीमा उजुरी

काठमाडौं– काठमाडौको लैनचौरस्थित एनसेलको मुख्य कार्यलय ‘एनसेल आइकन’मा २०८२ भदौ २४

बाढीले बुर्तिबाङ–पूर्वी रुकुम खण्ड अवरुद्ध

ढोरपाटन-  भीषण बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । राष्ट्रिय