कस्तो अवस्थामा प्रयोग गर्ने आकस्मिक गर्भ निरोधक चक्की ? | Khabarhub Khabarhub

कस्तो अवस्थामा प्रयोग गर्ने आकस्मिक गर्भ निरोधक चक्की ?


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आकस्मिक गर्भ निरोधक भन्नाले असुरक्षित यानै सम्पर्क भएपछि गर्भवती हुनबाट बच्नका लागि मात्र प्रयोग गर्ने साधन हो । नेपालमा ३ किसिमका आकस्मिक गर्भ निरोधका चक्कीको प्रयोग हुने गरेको छ ।

मिश्रित खाने चक्की

असुरक्षित यौन सम्पर्क भएको १ सय २० घण्टाभित्र प्रयोग गर्नुपर्छ । पहलिो ४ चक्की खाने र पहिहलोपटक प्रयोग गरेको १२ घण्टापछि पुनः थप ४ चक्की खानुपर्छ । यो चक्कीको प्रयोग गरेमा गर्भवती हुने सम्भावना २ प्रतिशत मात्रै रहन्छ ।

प्रोजेस्टिन मात्र भएको खाने चक्की

असुरक्षित यौन सम्पर्क भएको १ सय २० घण्टा भित्र १ चक्की खानुपर्छ । पहिलो चक्की प्रयोग गरेको १२ घण्टापछि अर्को १ चक्की प्रयोग गर्ने ।

आईयुसिडी

असुरक्षित यौन सम्पर्क भएको ५ दिनभित्रै लगाउनु पर्छ ।

कस्तो अवस्थामा प्रयोग गर्ने ?

– गर्भनिरोधका कुनै पनि विधि नअपनाएको अवस्थामा असुरक्षित यौन सम्पर्क भएमा,

–साधन गलत तरिकाले प्रयोग गरेको अवस्थमा,

– कण्डम फुटेमा वा आफै फुस्केमा,

– योनी बाहिर वीर्य स्खलन गराउन असफल भएमा,

–संभोग कार्य गर्न नहुने अवधिको गणना गर्न गल्ती गरेमा,

–भ्यासेक्टोमी प्रभावकारी हुनुभन्दा पहिले असुरक्षित यौन सम्पर्क भएमा,

– महिला यौन दुराचारको शिकार भएको अवस्थामा ।

स्तनपान गराइरहेकी आमाले गर्भ निरोधको उपायका रुपमा कुनैपनि विधिहरु नअपनाएको अवस्थामा गर्भवती हुने खतरा भएमा आकस्मिक गर्भ निरोधको साधन प्रयोग गर्न सक्छन् ।

आकस्मिक गर्भ निरोधका साधनले हुने असरहरु

आकस्मिक गर्भ निरोधका साधन प्रयोग गर्ने महिलालाई गर्भ निरोधको चक्की प्रयोग गरेको २ दिनसम्म रगत देखा पर्ने तथा महिनावारीमा गडबडी हुनसक्छ ।

आकस्मिक गर्भ निरोधको चक्की असर यस्ता छन्

–पेट दुख्ने,

–वाकवाकी लाग्ने,

–थकाई लाग्ने,

–टाउको दुख्ने,

–स्तनमा छुदा दुख्ने,

–रिङ्गाटा लाग्ने,

आकस्मिक गर्भ निरोधका साधन प्रयोग गर्ने महिलाहरुको ३ वा ४ हप्तामा महिनावारी हुनसक्छ । यदी सो अवधिमा महिनावारी नभएमा चिकित्सकको परार्मश लिइ गर्भको परीक्षण गराउनुपर्छ ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  ८ : ४४ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २२ गते शनिबार सन् २०२४

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय