संविधानमा प्रेस स्वतन्त्रताबारे जे लेखिएको छ त्यो हामीले लेखेका हौं –प्रचण्ड « Khabarhub

संविधानमा प्रेस स्वतन्त्रताबारे जे लेखिएको छ त्यो हामीले लेखेका हौं –प्रचण्ड


१३ जेष्ठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबैको साझा उदेश्य भनेको राष्ट्रलाई सुदृण गर्ने गरि अघि बढ्ने हुनु पर्ने बताएका छन् । यो संकल्प कुनै विचार मान्यताले कमजोर हुन नहुने प्रचण्डको भनाइ थियो ।

कृष्णसेन इच्छुक स्मृति दिवसमा आयोजित कार्यक्रममा प्रचण्डले पत्रकारिता, साहित्य, राजनीति लगायतले राष्ट्रिय एकतालाई बलियो बनाउनु पर्ने बताए ।

‘हाम्रो पत्रकारिताले राष्ट्रिय एकतालाई बलियो बनाउनुपर्छ कमजोर होइन’ प्रचण्डले भने,‘ राष्ट्रिय एकतालाई कमजोर पर्ने पत्रकारिता, लेख, रचना, समाचार वा प्रचार छ भने ‘समथिङ इज रङ’ भन्ने हुन्छ, त्यसलाई हामी समर्थन गर्न सक्दैनौं ।’

राष्ट्रिय एकता र भौगोलिक अखण्डता बलियो पार्ने दायित्व पत्रकार, साहित्यकार मानवअधिकारवादी राजनीतिज्ञ लगायत सबैको भएको प्रचण्डको भनाइ थियो ।

सरकारले संसदमा पेश गरेको मिडिया काउन्सिल विधेयक लगायतका विधेयक पास हुने एउटा प्रकृया भएको भन्दै प्रचण्डले समाजमा चलेका बहसबारे केही परिमार्जन गर्नुपर्ने भए त्यो परिमार्जन हुने बताए । उनले संसदमा छलफल हुने र विधि अनुसार त्यो आउने बताए ।

प्रचण्डले अराजकता स्वतन्त्रता नभएको भन्दै स्वतन्त्रता र अनुशासन एक अर्कासँग असाध्यै घनिष्टतासँग जोडिएको बताए ।

‘संविधानमा प्रेस स्वतन्त्रता बारे जे लेखिएको छ त्यो हामीले लेखेका हौं । मौलिक अधिकार हामीले राखेको हो’ प्रचण्डले भने,‘ त्यसको जिम्मा नेपाली जनाताले दिएको हो, त्यसलाई हामीले पुरा गरेको हौं ।’

संविधानलाई आफूहरुले धर्मशास्त्रको रुपमा नबुझेको प्रचण्डको भनाइ थियो । आवश्यक परेको दिन संविधानलाई संशोधन गर्न सकिने उनले बताए ।

संविधानले भने भन्दा विपरित भावनामा ऐन कानूनहरु नबनाइने प्रचण्डको भनाइ थियो । ‘यदी बनाउनुपर्ने भयो भने संविधान संशोधन गरेर बनाइन्छ । त्यसको केही आधारहरु छन्’ प्रचण्डले भने ।

प्रकाशित मिति : १३ जेष्ठ २०७६, सोमबार  ९ : ५७ बजे

एनपीएलमा पाकिस्तानी खेलाडीको सभागिता अन्योलमा : क्रिकइन्फो

काठमाडौं- क्रिकेट पोर्टल क्रिकइन्फोले नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानका

कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौं : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम

एनपीएलका सात टोलीका लोगो अंकित एक्स्ट्रीमका ‘स्पेसल एडिसन’ क्यान सार्वजनिक

काठमाडौं – एक्स्ट्रीम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल) को

सप्तकोशी मोटरबोट दुर्घटना अपडेट : तीन जनाको मृत्यु, तीन बेपत्ता

धनकुटा – धनकुटाको साँगुरीगढी गाउँपालिका–१० स्थित त्रिवेणीमा सप्तकोशी नदीमा जेटबोट दुर्घटना