विप्लव समूहसँग ४ कम्पनी सैनिक छन् : गृहमन्त्री बादल « Khabarhub

विप्लव समूहसँग ४ कम्पनी सैनिक छन् : गृहमन्त्री बादल


१३ जेष्ठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको समूहले जनसेनाको नाममा ४ वटा कम्पनी (सैनिक दस्ता) तयार पारेको तथ्य बाहिर आएको छ ।

संघीय सरकारका गृहमन्त्री रामबहादुर थापा (बादल)ले विप्लव नेतृत्वको नेकपाले जनसेनाको रुपमा ४ कम्पनी निर्माण गरेको बताएका हुन् ।

‘केही समययता नेकपा विप्लव भन्ने समूहले संविधान र राज्य व्यवस्थाको विरुद्ध गैरकानूनी, संविधान विरोधी र शान्ति विरोधी गतिविधिहरु गर्दै आएका छन्,’ सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै गृहमन्त्री थापाले भने, ‘उनीहरुले जनसरकारको रुपमा जनपरिषद भन्ने संस्था गठन गरेका छन््, जनसेनाको रुपमा उनीहरुले ४ कम्पनी अहिले निर्माण गरेका छन् ।’
विप्लव नेतृत्वको नेकपा विगत केही वर्षदेखि सशस्त्र गतिविधिमा संलग्न रहेको पनि बताए ।

गृहमन्त्री बादलले आइतबार राजधानीका विभिन्न ठाउँमा भएका विस्फोटमा परी ४ जनाको ज्यान गएको विषय पनि संसदलाई जानकारी गराए ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा शुन्य समयमा बोल्ने अधिकांश सांसदले राजधानीमै बम विस्फोट हुँदा ४ जनाको हत्या, पाँचथर र दार्चुलामा भएका घटनाले सरकार शान्ति सुरक्षा कायम गर्न असफल रहेको भन्दै आलोचना गरेका थिए ।

प्रकाशित मिति : १३ जेष्ठ २०७६, सोमबार  १२ : २२ बजे

पोखरा महानगरद्वारा स्वरोजगार प्रवर्द्धनमा जोड

कास्की– सीप विकासमार्फत रोजगारी सिर्जना, स्वरोजगार प्रवर्द्धन गरी बेरोजगारी न्यूनीकरण गर्ने

कांग्रेसको आह्वानमा विपक्षी दलहरुको बैठक बस्दै

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरुको बैठक बोलाएको

इलाममा अनशनरत डा. केसीको स्वास्थ्य जटिल बनेपछि काठमाडौँ ल्याइँदै

काठमाडौँ– चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै इलामको

घर रित्तिएको, सुविधा भित्रिएको थातथलो

दसैँ–तिहार आउँदा गाउँका घरआँगनमा चहलपहल बढ्न थाल्छ । रोजगारी र

म्याग्दीको पाउद्वार–खोप्रा पदमार्ग श्रमदानबाट मर्मत

म्याग्दी- गत असोज महिनाको भीषण वर्षापछि पहिरोले अवरुद्ध बनेको म्याग्दीको अन्नपूर्ण