प्रबल गुरुङले करण जोहरसँगको सम्बन्धलाई लिएर दिए यस्तो प्रतिक्रिया, भने – दु:खी छु « Khabarhub

प्रबल गुरुङले करण जोहरसँगको सम्बन्धलाई लिएर दिए यस्तो प्रतिक्रिया, भने – दु:खी छु


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – नेपाली मूलका अमेरिकन डिजाइनर प्रबल गुरुङ र बलिउड फिल्ममेकर करण जोहरबीचको सम्बन्धका बारेमा गसिप चल्न थालेपछि प्रबलले खण्डन गरेका छन् । भारतीय फिल्ममेकर करण जोहरको जन्मदिनमा प्रबल गुरुङले शेयर गरेको तस्वीर र क्याप्सनले प्रबल र करण दुई प्रेमसम्बन्धमा रहेको भन्दै समाचार तथा गसिप बनेपछि प्रबल तनावमा परेका छन् ।

प्रबलले एक करण जोहरसँग अंकमाल गरेको तस्वीर शेयर गर्दै लेखेका थिए, ‘प्रेम गरेपछि किन डराउने, जन्मदिनको शुभकामना केजो ।’

 

View this post on Instagram

 

Pyaar Kiya To Darna Kya. Happy birthday KJo.

A post shared by Prabal Rana Gurung (@troublewithprabal) on

प्रबलको यो जन्मदिनको शुभकामनापछि करण र प्रबल प्रेमसम्बन्धमा रहेको हल्ला चलेको थियो । यस्ता समाचार भाइरल भएपछि करणले पनि हल्ला भएको प्रतिक्रिया दिएका थिए । समाचारले प्रबललाई पनि निकै तनाव पु–याएको छ । उनले सामाजिक सञ्जालका माध्यमबाट लामो सन्देश लेख्दै करण जोहरलाई आफूले दाइका रुपमा माया गरेको बताए ।

‘जुन हल्ला चलिरहेको छ, त्यो हल्लाका कारण म एकदमै दुःखी छु, करण जोहरसँगको रसरंग सम्बन्धको हल्ला चलिरहेको छ, त्यसमा कुनै सत्यता छैन,’ प्रबलले भने, ‘मैले पछिल्लो समय अपलोड गरेको इन्स्टाग्राम पोस्ट बलिउडप्रतिको मेरो माया मात्र हो, करण जोहर मेरा मिल्ने साथी हुन्, गुरु हुन्, मेरा दाइसमान हुन् ।’

प्रबलले करण जोहरलाई आफूले ‘ठूल्दाइ’ समान मानेर माया गर्ने गरेको बताए ।

पछिल्लो समय करण जोहर र प्रबल गुरुङ सम्बन्धमा रहेको भन्ने समाचार अन्तराष्ट्रिय मिडियामा समेत गसिप बनेका थिए । केही समयअघि करण र प्रबलको भेट भएको थियो । दुवैले केही समय साथै बिताएका थिए ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  १२ : ३७ बजे

सरकार आर्थिक सुधारमा प्रयत्नशील छ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले उच्चस्तरीय आर्थिक सुधार सुझाव

सुदूरपश्चिममा बजेट पारित गर्न दलहरूसँग संवाद जारी

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संवैधानिक व्यवस्थाअनुसार आगामी

बङ्गलादेशमा जुन महिनामा ५९० दुर्घटना, ५१३ जनाको मृत्यु

ढाका – बङ्गलादेशमा जुन महिनामा भएका सडक, रेल तथा जलमार्ग

विश्वकप सेमिफाइनलअघि अर्जेन्टिनी उपराष्ट्रपतिको टिप्पणी, ‘इङ्ग्ल्यान्ड भूमि कब्जा गर्ने समुद्री डाका’

काठमाडौं- फिफा विश्वकपको सेमिफाइनलमा इङ्ग्ल्यान्डसँग हुने खेलअघि अर्जेन्टिनाकी उपराष्ट्रपति भिक्टोरिया