पीएम कप क्रिकेट : पारस र पृथुको टोली विजयी « Khabarhub

पीएम कप क्रिकेट : पारस र पृथुको टोली विजयी


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सोमबार भएको खेलमा प्रदेश नम्बर ३ र सशस्त्र प्रहरी बलको एपीएफले जीत निकाल्दा प्रदेश नम्बर ५ र सुदूरपश्चिम प्रदेश पराजित भएका छन् ।

प्रस्तावित मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा प्रदेश ५ लाई राष्ट्रिय टोलीका कप्तान पारस खड्काको टोली प्रदेश नम्बर ३ ले ६ विकेटले पराजित गर्दा किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सुदुरपश्चिम प्रदेशलाई सशस्त्र प्रहरी बलको एपीएफले ३ विकेटले पराजित गर्यो ।

आज भएका दुवै खेलमा राम्रो रन भने बन्न सकेन । तर, कम रनको लक्ष्य पाए पनि टोलीहरुलाई जीत निकाल्न भने निकै संघर्ष गर्नु पर्‍यो ।

प्रदेश नम्बर ५ को टोलीबाट १ सय २३ रनको लक्ष्य पाएको प्रदेश नम्बर ३ ले २१.५ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यौ । प्रदेश नम्बर ३ को जीतमा ओपनिङ ब्याट्सम्यान रित गौतमले ३७ रन बनाउँदा अर्का ओपनर रविन जोशीले ३५ रन बनाए ।

यस्तै, इशान पाण्डेले २१ र आदिल खानले १२ रन बनाएका थिए । प्रदेश ३ विरुद्ध प्रदेश नम्बर ५ का बलर सिद्धान्त शाही र अनिल खरेलले समान २–२ विकेट लिए ।

यसअघि पहिलो ब्याटिङ गरेको प्रदेश नम्बर ५ का लागि सुवेन्धु पाण्डेले २० रन बनाउनु बाहेक अन्यले २० रन कटाउन सकेनन् । ५ नम्बर प्रदेशलाई कम रनमा समेट्न प्रदेश नम्बर ३ का कप्तान खड्काले उत्कृष्ट बलिङ गरे । उनले १० ओभर पुरा बलिङ गर्दै २४ रन खर्चेर ४ विकेट लिएका थिए भने सूर्य तामाङले ३ विकेट लिँदा नन्दन यादवले २ र प्रतिश जिसीले १ विकेट लिएका थिए ।

यता, किर्तीपुरमा भएको अर्को खेलमा सुदूरपश्चिम प्रदेशले दिएको १ सय २५ रनको लक्ष्य सशस्त्र प्रहरी बलको एपीएफले ३४.४ ओभरमा ७ विकेट गुमाएर पुरा गर्‍यो ।

नेपाल एपीएफलाई ३ विकेटको जीत दिलाउन कप्तान पृथु वास्कोटाले ३२ रन बनाए भने राष्ट्रिय टोलीका खेलाडी शरद भेषावकरले २६ रन बनाए । त्यस्तै, एपीएफविरुद्ध सुदूरपश्चिमका विनोद लामाले ३ र कप्तान शेर मल्लले २ विकेट लिएका थिए । यसअघि पहिले ब्याटिङ गरेको सुदुरपश्चिमका लागि लोकस बलमे ३० रनको योगदान दिए भने विपीन रावलले २१ रन बनाउँदा खडक बोहराले १९ रन बनाएका थिए ।

सुदूरपश्चिमलाई कम रनमा रोक्न एपीएफका अभिनास बोहराले २ विकेट लिए भने पृथु वास्कोटा, शरद भेषावकर र भुवन कार्कीले समान एक–एक विकेट लिए ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  ४ : ०९ बजे

बालेनलाई मोदीको फोन, ‘नेपाललाई सबै प्रकारको मानवीय सहायता उपलब्ध गराउन तयार छौँ’

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई फोन

रसुवाबाट २५ घाइतेको उपचारका लागि काठमाडौं ल्याइयो  

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीमा परी घाइते

नुवाकोटको दृश्य : उद्धार गर्दै सुरक्षाकर्मी, आफन्तको आर्तनाद (तस्बिरहरू)

काठमाडौं– नुवाकोटका बाढीपीडितलाई नेपाली सेनासहित सुरक्षाकर्मीद्वारा हवाई उद्धार जारी छ

विपद्मा नागरिकको जीवन रक्षा गर्न कांग्रेसद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं– नेपाली कांग्रेसले सरकारका सबै साधन श्रोत र संयन्त्रको उच्चतम

नेपालमा बाढी प्रभावित भारतीयको उद्धारका लागि भारतीय दूतावास सक्रिय

काठमाडौं- नेपालमा बुधबार आएको आकस्मिक बाढीबाट प्रभावित भारतीय नागरिकको उद्धार