बलिउड अभिनेता अजय देवगनका पिताको निधन « Khabarhub

बलिउड अभिनेता अजय देवगनका पिताको निधन


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बलिउड अभिनेता अजय देवगनका पिता एवं वरिष्ठ द्वन्द्व निर्देशक वीरु देवगनको निधन भएको छ । पछिल्लो केही समययता स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका उनको सोमबार बिहान ८५ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बलिउड चलचित्रका पुराना द्वन्द्व निर्देशक एवं स्टन्टम्यान उनले ८० वटाभन्दा बढी चलचित्रमा द्वन्द्व निर्देशन गरेका छन् ।

सन् १९३४ मा अमृतसरमा जन्मिएका उनले १९९९ मा ‘हिन्दुस्तान कि कसम’  हिन्दी चलचित्रमा निर्देशन पनि गरे । उक्त चलचित्रमा आफ्नै छोरा अजय देवगन र अमिताभ बच्चनलाई अभिनय गराएका थिए ।

उनले द्वन्द्व निर्देशन गरेको चलचित्र दिल्वाले (१९९४), हिम्मतवाला (१९८३) र शेहेन्शाह (१९८८) सुपरहिट भएका थिए । उनको सोमबार साँझ नै अन्तिम संस्कार गरिने भारतीय सञ्चारमाध्यमले परिवारलाई उदृत गर्दै जनाएका छन् ।

वीरु देवगनको परिवारमा पत्नी वीणाका साथै दुई छोराका रुपमा अभिनेता अजय देवगन र निर्देशक अनिल देवगन रहेका छन् । यस्तै एक छोरी पनि छन् ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  ४ : १८ बजे

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ – जापानमा जारी २० औँ संस्करणको एसियाली खेलकुदमा नेपाली

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ

मेसिन र औजारको पूजा पछाडि के छ रहस्य ? यस्तो छ विश्वकर्मा पूजाको धार्मिक कथा

काठमाडौँ – नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)