आधा भूकम्प पीडितको घर पुनर्निर्माण सम्पन्न « Khabarhub

आधा भूकम्प पीडितको घर पुनर्निर्माण सम्पन्न


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं- गोरखा भूकम्पबाट प्रभावित मुलुकभरका आधा भूकम्प पीडितले आवास निर्माण सम्पन्न गरेका छन् । सोमबार सार्वजनिक आर्थिक सर्वेक्षण २०७५/७६ को सर्वेक्षणअनुसार अनुदान सम्झौता गरेकामध्ये पचास प्रतिशतले घर निर्माण सम्पन्न गरेका हुन् ।

निजी आवास पुनर्निर्माण अनुदान वितरणका लागि आठ लाख १८ हजार ८५१ भूकम्पपीडितको पहिचान भई ९२ प्रतिशतले अनुदान सम्झौता गरेका गरेका थिए । सर्वेक्षणमा भूकम्पबाट आंशिक क्षति भएका अथवा प्रबलीकरण गर्नुपर्ने निजी आवासका लागि रु. एक लाख अनुदान दुई किस्तामा वितरण गर्ने व्यवस्था लागू भएको थियो ।

गत फागुनसम्म ६३ हजार १९ प्रबलीकरण लाभग्राही पहिचान भई १८ हजार ३३० लाभग्राहीले सम्झौता गरी प्रथम किस्ताको रु. ५० हजार अनुदान प्राप्त गरेको जनाइएको छ । निजी आवास पुनर्निर्माणको सूचीमा नपरेका भूकम्पपीडितमध्ये सूचीमा पर्न तीन लाख ६० हजार ४४३ ले गुनासो दर्ता गराएका र तीमध्ये एक लाख ९८ हजार ५९२ गुनासाको पुनरावलोकन भएको तथा गुनासो सम्बोधन गर्ने क्रममा पहिलो चरणमा एक लाख २९ हजार ४१० का निजी आवासको पुनः सर्वेक्षण र पुनः जाँच सम्पन्न भएको सर्वेक्षणमा उल्लेख छ ।

सर्वेक्षणमा स्थानान्तरण गर्नुपर्ने बस्तीका एक हजार ६५२ पीडितलाई आफ्नो जग्गाको व्यवस्थापन गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्न रु. दुई लाख थप अनुदानको सुविधा उपलब्ध गराइएको र तीमध्ये ६२८ परिवारलाई सुरक्षित बस्तीका लागि जग्गा उपलब्ध गरिएको छ । यस्तै जोखिमयुक्त बस्ती स्थानान्तरण गरी एकीकृत बस्ती विकास लागि २९ एकीकृत बस्तीको योजना स्वीकृत भएको, निजी आवासलगायत पुनर्निर्माणको अन्य कार्यलाई सरल बनाई तीव्र गति दिन ३२ जिल्लाका स्थानीय तहसँग समझदारी भएको सर्वेक्षणले देखाएको छ ।

भूकम्पछिको निजी आवास पुनर्निर्माणसँगै सार्वजानिक भवन, पुरातात्विक सम्पदा एवम् क्षतिग्रस्त सडकको पुनर्निर्माणले पनि गति लिएको छ । भूकम्पबाट क्षति भएका सार्वजानिक विद्यालयमध्ये ५६, पुरातात्विक सम्पदामध्ये २९, स्वास्थ्य संस्थामध्ये ५४, सरकारी भवनमध्ये ५४ र खानेपानी आयोजनामध्ये १८ प्रतिशतको पुनर्निर्माण कार्य सम्पन्न भएको सर्वेक्षणमा उल्लेख छ ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  ६ : ०५ बजे

म्याग्दीको गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको छ

जोमसोम अस्पतालमा शल्यक्रियाद्वारा प्रसूति

मुस्ताङ– घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित प्रदेश अस्पतालमा एक महिलाको शल्यक्रियाद्वारा सफल

इंग्लिस प्रिमियर लिग : ब्रेन्टफोर्डमाथि म्यानचेस्टर सिटीको जित, उपाधिको आशा जिवितै

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सहज जित हात

बगरमा पसिना, राजमार्गमा बजार, मुक्तकमैयाको फेरिएको दिनचर्या

कञ्चनपुर- पूर्वपश्चिम महेन्द्रराजमार्ग भएर गुड्ने सवारीसाधन केहीबेरका लागि कृष्णपुर नगरपालिकाको

हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

झापा- भारतबाट प्रत्येक रात हात्तीको बथान आएर पाकेको बाली खान